
काठमाडौं, २३ जेठ । कोरोना संकटका कारण समस्यामा परेका नेपालीलाई लिएर युएईबाट आउने भनिएको पहिलो उडान रोकिएको छ । यो शुक्रबार साँझ नेपाल आउने तय भएको थियो ।
युएईले आफ्नै खर्चमा नेपालीहरुलाई त्रिभुवन विमानस्थल ल्याइदिने प्रस्ताव गरेको थियो । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले यसलाई स्वीकृति दिएको थियो ।
शुक्रबार साँझ कम्तिमा पनि १ सय ६५ जनालाई लिएर नेपाल आइपुग्ने भनिएको विमान अचानक रोकिएको हो ।
नेपाली परराष्ट्रका अधिकारीहरुका अनुसार युएईका अधिकारीले यसबारे केही कुरा प्रष्ट हुन बाँकी रहेको भन्दै उडान नगर्ने भएका हुन् ।

