
उमेश कुशवाहा,बीरगंज
दलित अधिकार समाज पर्सा नेपालको संयुक्त आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवन गाउँमा रहेकोे दलित समुदायको बालबालिका लागि विद्यालयमा पहुँच तथा विद्यालय टिकाउको लागि घरदैलो कार्यक्रम सुरु गरिएको छ।
यस घरदैलो कार्यक्रममा दलित बालबालिका विद्यालय बाहिर रहेको , विद्यालय भर्ना नभएको , बालबालिकाको अवस्था बारे छलफल गरिएको छ।
निशुल्क टिउसन संचालन गर्नको लागि नाम संकलन गरिएको छ।
विद्यालय बाहिर रहेकोे दलित बालबालिका लाई विद्यालय भर्ना गराउने, दलित बालबालिकालाई निशुल्क ट्युसनसंचालन गर्ने , अभिभावकलाई उत्प्रेरित गर्ने, शिक्षाको महत्त्व अभिभावकलाई जानकारी गराउने , अभिभावकलाई जागरुक गराउने , दलित बालबालिका विद्यालय बाहिर रहने कारण अनुसन्धान गर्ने, दलित बालबालिका विद्यालय टिकाउको लागि के के क्रियाकलाप संचालन गर्ने छलफल गर्ने , दलित बालबालिका लाई सहयोग गर्ने , शिक्षक तथा सरोकारवाला संग छलफल गर्ने कार्यक्रम संचालन गर्ने उदेश्य साथ सुरु गरिएको छ।
यस घरदैलो कार्यक्रममा पिसफोर दलित फाउन्डेसन नेपाल दलित अधिकार समाज पर्सा नेपालको अध्यक्ष मनोज राम १०१ दलित युवा नेतृत्वको संयोजक सुरेन्द्र पसावान , महासचिव सन्जोग राम, अशोक राम, श्यामकिशोर राम लगायतको सहभागीता रहेकोे थियो।


