पाँचपोखरी थाङ्गपाल गाउँपालिको नीति तथा कार्यक्रम ः ,पर्यटकीय गन्तव्यको प्रवर्धन जस्ता महत्वपूर्ण कार्यक्रममा जोड

  • १० असार २०७७, बुधबार १९:५३ मा प्रकाशित
  • सुशिल सुबेदि , सिन्धुपाल्चोक

    पाँचपोखरी थाङ्गपाल गाउँपालिका सिन्धुपाल्चोकको आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । छैटौ गाउँसभामा
    शिक्षामा १ करोड २७ लाख ८६ हजार ,कृषि तथा पशु( मा १ करोड ४९ लाख २८ हजार , गरि बिभिन्न्न बिसय मा ६३ करोड ८८ लाख ८५ हजार ९८७ रुपैयाको बजेट प्रस्तुत गरिको छ ।

    सो गाउँपालिकाले जेष्ठ नागरिकको अनुभव युवा पुस्ताको गौरव ,पर्यटकीय गन्तव्यको प्रवर्धन ,उज्यालो पाँचपोखरी अभियान संचालन , गाउपालिकाको केन्द्र देखि सबै वडामा सबै मौसममा यातायात हुन सक्ने ब्यबस्था मिलाइने जस्ता महत्वपूर्ण कार्यक्रम संचालन गर्ने प्रमुख टासी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    त्यस्तै पशुपालनको आहार स्याहार आय आर्जनको आधार कार्यक्रम संचालन गर्ने २० देखि ४० बर्ष सम्मका युबा तथा वैदेशिक रोजगारीबाट फर्केर आएका ब्यक्तिहरुले ब्यबसाय गर्न चाहने हरुलाइ लाग्ने करको सत प्रतिसत छुट , आगामी ३ बर्ष भित्र गुम्बा ,मठ मन्दिर र सामुदायिक भबन निर्माण गरि तत्पश्चात त्यस्ता छेत्रमा लगानी न गर्ने र प्रत्येक वडामा एक पार्क ,एक पिकनिक स्पट र खेलकुद मैदान बनाइने जस्ता योजना लाइ सो गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ।

    Leave a Reply