हुलाकी सडक योजनाद्वारा ठुटे खोलापुलको स्थलगत निरीक्षण

  • २३ जेष्ठ २०७७, शुक्रबार १८:३० मा प्रकाशित
  • चिरञ्जीवी सापकोटा, ठोरी पर्सा
    २३ जेठ

    हुलाकी सडक खण्ड अन्तर्गत पर्ने बिरगंज - ठोरी सडक खण्ड अन्तर्गतको ठुटेखोला पुल संचालनको विषयलाई लिएर हुलाकी सडक बिभागले स्थलगत अनुगमन गरेको छ।
    
    हुलाकी सडक योजना  बिरगंजका प्रमुख दीपेन्द्र  पाण्डेयको नेतृत्वमा आएको टोलीले भारतीयपक्ष र नेपालीपक्षहरु बीच विवाद भएको ठुटेखोलापुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्।  ठुटेखोला पुल संचालन गर्दा  भारतीय र नेपालीहरु बिच विवाद भएको समाचार आएकाले वास्तविक अवस्था बुज्नकालागि ठोरी आएको बताएका पाण्डेयले ठोरीबासी कै जन चाहना अनुरुप काम अघि बढाइने बताएका छ्न्।
    
    ठुटेखोला पुल संचालनमा आएपछि विवाद उत्पन्न भएकाले निर्माण गर्ने भनिएको दुई वटा  कल्भर्ट समेत ठेकेदार कम्पनिले निर्माण गर्न आनाकानी गरिरहेका बेला ठेकेदार कम्पनीलाई २ वटा कल्भर्ट निर्माण गर्न पाण्डेयले निर्देशन समेत दिएका छ्न्।
    
    पुरेको पुल खोलाउनको लागि जिल्लाबाट टोली आउँदैछरे भन्ने समाचार पाएर सयौंका संख्यामा ठुटेखोला पुलमा भेला भएका ठोरी बासीलाई सडक बिभागका पाण्डेयले ठुटेखोला पुल संचालनको विषयमा भने विस्वस्त पार्न सकेनन्।
    
    ठुटेखोला पुलमा जम्मा भएका ठोरीका नागरिकलाई चित्तबुझ्दो जवाफ नदिई पुलको बाटो प्रयोग नगरी खोलाको बाटोबाट  बिरगंज तर्फ जानलागेका पाण्डेयको गाडीलाई स्थानीयहरुले घेराउ गरि गाडिबाट ओरालेका थिए भने  स्थानीय जनप्रतिनिधि तथा सर्वपक्षीय बैठकको निर्णय मुताविक कै कार्य हुनुपर्नेमा स्थानीयहरुको आवाज रेहेको थियो।
    
    भेला भएका स्थानीयहरुले पुरिएको कुलो कुनै हालतमा पुन:खन्न नदिने बताउँदै  अबिलम्ब हुलाकी सडकको काम सुचारु हुनुपर्नेमा जोडदिए।
    गत जेठ १० गते बसेको ठोरी गाउँपालिका वडा नं १,२ र ३ का जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुको संयुक्त बैठकले ठुटेखोला पुल संचालनका लागि पुलको पुर्वपट्टी २ वटा कल्भर्ट निर्माण गर्ने  निर्णय गरेसँगै गत जेठ १४ गते पुलसँगै जोडिएको कुलो पुरेर पुल संचालनमा आएको हो। 
    
    पुल संचालनमा आएता पनि भारतीयपक्षबाट अवरोध गर्ने काम भने यथावत  नै छ। पुल संचालनमा आएको भोलिपल्टै भारतीय सुरक्षा फौज सहितको टोलिले पुरिएको कुलो धमाधम खन्न थाले पछि ठोरीबासीले उनीहरूलाई कुलो खन्न रोकेका थिए भने भारतीयपक्षलाई  ठोरीबासीले प्रतिकार समेत गरेका थिए। भारतीय पक्षको हस्तक्षेपको ठोरीबासीले प्रतिकार गरेता पनि नेपाली पक्षका सम्बन्धित अधिकारीहरुले भने कुनै चासो देखाएका छैनन् ।
    

    One thought on “हुलाकी सडक योजनाद्वारा ठुटे खोलापुलको स्थलगत निरीक्षण

    Leave a Reply