• २३ जेष्ठ २०७७, शुक्रबार २०:४२ मा प्रकाशित
  • प्रहरीको लाठी चार्जबाट पाकाहा मैनपुरमा ९ जना घाइते

    वीरगञ्ज २३ जेठ : पर्साको पाकाहा मैनपुर गाउँपालिकाको वडा नम्बर २ स्थित सार्वजनिक पोखरीको डिलमा बसेकाहरुमाथी प्रहरीलेलाठी जार्च गरेको छ । लाठी चार्जबाट ९ जना घाइते भएका छन् । घाइते हुनेमा जगुल सहनी, रामबिनेश सहनी, विजय चौहान, मोहन साह, विशाल पटेल, बगड मियाँ, विगु सहनी लगायतका रहेका छन् । घाइते जुगुलका अनुसार पोखरीमा माछा मारीरहेको सुचनाको आधारमा प्रहरी पुगेको थियो । जब सम्म माछा मर्नेहरू माछा मारी फर्किसकेका थिए । पकहा मैनपुर गाउँपालिका वडा नं. २ र ३ का एक दर्जन भन्दा बढी व्यक्तिहरु पोखरीको डिलमा बसेका थिए । सोही बेला प्रहरी एकासी नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगी लाठी चार्ज गर्दा आफुहरु घाइते भएको जुगुलले वताए । घाइते जुगुलको वीरगंजस्थित नारायणी अस्पताल र अन्यको स्थानिय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो भने अहिले सबैको अवस्था समान्य रहेको छ । समाचार स्रोतका अनुसार क्रिकेट खेलि आएकाहरु पोखरीको डिलमा बसेका थिए । आवाज न्यूज़

    Leave a Reply