युएईमा अलपत्र १ सय ५७ जना नेपाली यात्रु लिएर आजै बिमान नेपाल आउने, उडानको तयारी हुँदैं 

  • २३ जेष्ठ २०७७, शुक्रबार १२:२६ मा प्रकाशित

  • काठमाडौं, २३ बैशाख । संयुक्त अरब इमिरेटस (युएई)मा मा अलपत्र नेपाली लिएर आजै यूएइबाट बिमान नेपाल आउने भएको छ । यूएईबाट नेपाल फर्किन १ सय ५७ जना नेपाली युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल उड्ने पर्खाईमा रहेको यूएईमा रहेका एक नेपालीले जानकारी दिए । अलपत्र परेका १५७ जना नेपाली लिएर युएईबाट आज पहिलो उडान नेपाल आउन लागेको हो ।
    ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना र अन्य ११ जना नेपाली नागरिक लिएर एयर अरेबियाको जहाजले स्थानीय समय बिहानको ११ः२० मा उडान भर्ने बताइएको छ ।
    स्रोतका अनुसार उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका हुन् । उनीहरुलाई एयर अरेवियाको फ्लाईट नं जि नाइन १७५१ नम्वरको फ्लाईटबाट नेपाल पठाउने तयार गरिएको छ ।
    त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रली पनि यूएईबाट आजै बिमान आउने तय भएको बताए । त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान योजनामा सो फ्लाइट काठमाडौंमा बेलुकी ५ बजे अवतरण हुने तालिका पठाइएको छ । तर नेपालको सरकारी निकायसँग आवश्यक समन्वय नभएको भन्दै सो उडान अहिलेसम्म पनि हुने नहुने यकिन भइनसकेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । यस विषयमा युएई स्थित नेपाली दूतावासमार्फत् समन्वय भइरहेको छ । यात्रुहरुको कोरोना परीक्षण गरिएको छैन।
    एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाले यूएईबाट नेपालीहरुलाई स्वदेश फिर्तीको तयारी अन्तिम चरणमा रहेको बताउँदै अलपत्र नेपाली फर्काउन पहल गरेकोमा नेपाली दूतावास तथा यूएई सरकारलाई धन्यबाद ज्ञापन गरेका छन् ।
    साभार : जनसवाल.कम बाट

    Leave a Reply