महीलालाई पुरै नाङ्गो बनाएर एक्सरे गर्न खोजेपछि प्रहरी नियन्त्रणमा

  • १५ असार २०७७, सोमबार १५:११ मा प्रकाशित

  • घोराही, असार १५ । दाङको एक निजि अस्पतालमा एक्सरे गर्न गएकि एक महीलालाई पुरै नाङ्गो बनाएर एक्सरे गराएको आरोपमा अस्पतालको एक्सरेमा काम गर्ने एक जना युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय घोराहीवाट खटिएको प्रहरी टोलिले सो आरोपमा अस्पतालमा काम गर्ने एक्सरेका टेक्निसियन ववइ गाउपालिका ५ का २२ वषर््ािय नवराज डागिलाई नियन्त्रणमा लिएको हो । घोराही लुहासुरस्थित गोर्खा हस्पिटलमा एक्सरेका लागि गएकि ति महीलाको एक्सरे गर्नेक्रममा अस्पतालको एक्सरेमा काम गर्ने युवाले पुरै नाङ्गो बनाइ एक्सरे गर्न खोजेपछि उनका आफन्तले प्रहरीमा उजुरी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले अस्पतालमा एक्सरे गराउन गएकि महीलालाई एक्सरेमा काम गर्ने युवाले संवेदनशिल अंग पनि नाङ्गै गराउन लगाई एक्सरे गराउन खोजेको भन्दै प्रहरीमा उजुरी परेको बताए । अस्पतालमा एक्सरे गराउन गएसक घोराही १ कि १९ वर्षिय महीला गोर्खा हस्पिटल पुगेकि थिइन् । महीला छातीको एक्सरे गराउन गएपछि अस्पतालमा काम गर्ने टेक्निसियनले दुब्र्यवहार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएपछि डाँगिलाई पक्राउ गरीएको र घटनाको थप अनुसन्धानका लागि वडा प्रहरीवाट जिल्लामा पठाइएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपि सुमित खड्काले पनि शरीर पुरै नाङ्गो बनाएर एक्सरे गर्न खोजेपछि अस्पतालमा काम गर्ने टेक्निसियनलाई नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको बताए । एक्सरे गराउन गएकि महीलाले एक्सरे गराएपछि आफ्ना आफन्तलाई एक्सरे गराउदा अहिले पुरै शरीर नाङ्गो बनाउदा रहेछन् है भनेपछि सो घटना वाहीर सार्वजनिक भएको हो ।

    Leave a Reply