नेपालका भु-भागहरुलाई भारतद्वारा भइरहेको अतिक्रमणलाइ जन सम्पर्क समिति साउदी अरबद्वारा घोर भर्त्सना

  • १ जेष्ठ २०७७, बिहीबार ०६:५७ मा प्रकाशित
  • १४ मइ २०२० साउदी अरब ! लामो समय देखी भारतले अतिक्रमण गर्न खोजिरहेको नेपाली भु-भाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले गरेको हेपाह प्रवृत्तिको तथा ज्यादतीको घोर बिरोध भर्त्सना गर्दै बिज्ञप्ती निकालेको छ ।

    बिज्ञप्ती मा भनिएको छ, हाम्रा वीर गोर्खाली पुर्खाहरुले पानी पनि नखाई लडेर आर्जित गरेका नेपालका भू-भागहरु (लिपुलेक, लिम्पियाधुरा र कालापानी) भू-भाग भारतिय अतिक्रमणमा परिसकेको र भारतीय हेपाहा प्रवृत्ति, ज्यादती बढेसँगै सरकारका जिम्मेवार ब्यक्तिहरुबाट राष्ट्र र राष्ट्रियता प्रती गैर जिम्मेवार अभिब्यक्ती, प्रतिकृया दिनु, र नक्सा सार्वजानिक संगै सिमा अतिक्रमणहरु भएका बारे जानकारी नभएको भनेर बोल्नुले ढिलो बिज्ञप्ती निकालेर जनताको आँखामा छारो हाल्ने काम भएको निस्कर्ष निकालेको छ, साथै बिज्ञप्तीमा भनियको छ, सिमा बिबाद र अतिक्रमण भएका, नेपालका भू-भागहरु फिर्ता ल्याउन कुनै कुटनितिक पहल नगरिनु जस्ता अत्यन्तै निन्दनिय कार्य भयको हुदा एस जन सम्पर्क समिति साउदी अरब घोर बिरोध र भर्त्सना गर्द छ भनि बिज्ञप्ती मा भनियको छ । ।

    बिज्ञप्ति मार्फत भारतिय हेपाह प्रबृत्ति ले सिंगो देशकै राष्ट्रियता प्रतिको प्रहार र चिन्ताको बिषय भएकोले नेपाल सरकारले यथाशिघ्र सम्पूर्ण राजनीतिक दलहरुसंग छलफल र समन्वय गरी सबै दलको एउटै राष्ट्रिय धारणा बनाइ छिटो भन्दा छिटो उच्च स्तरिय कुटनितिक पहल गरर्नु पर्ने र अतिक्रमण भएका नेपालका भू-भागहरु फिर्ता ल्याउन पहल गर्नु पर्ने , यदी समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि नेपालका अतिक्रमण भएका भू-भागहरु फिर्ता ल्याउन आबश्यक पहल गर्नका लागि नेपाली जनसंपर्क समिती साउदीअरबले नेपाल सरकारलाई आग्रह गर्द छ भनि बिज्ञप्तीमा भनियको छ !

    Leave a Reply