
२७ मे २०२०, साउदी अरब
नेपाली जनसंपर्क समिती साउदीअरबले आफ्नो नियमित बैठक अनलाइन भिडियो (Zoom Video communication ) मार्फत २६ मे २०२० मा सम्पन्न गरेको छ ।
जनसंपर्क समितीका सम्पुर्ण पदाधिकारीको उपस्थितिमा “कोरना भाइरस कोभिड – 19” को बिषयमा बृहत छलफल गरिएको थियो ।
बिशेष गरी यतिबेला विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड – 19 र यसले साउदीअरबमा रहेका नेपालीहरुलाई पारेको प्रभाब, दूतावाससँग गरिएको समन्वय र सहकार्य साथै कोरोनाको करण बिभिन्न समस्यामा परेका नेपालीहरुलाई गरिएको सहयोग, उद्दार, आगामी दिनहरुमा गर्ने सहयोग र आगामी दिनमा कोरोनाबाट प्रभाबित, पीडित नेपालीहरुको बिषयमा के कसरी अगाडि बढ्ने, के कसरी राहत र उद्दारका कार्यहरु गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।
बैठकमा समितिका सभापति दिपक रेग्मीले साउदीअरबमा कोरोनाका कारण लकडाउन सुरु भए देखीनै बिभिन्न कारणहरुले अलपत्रमा परेका नेपाली श्रमिकहरु आफ्नो संस्थाको संम्पर्कमा आएका र केही उद्दार गर्नै पर्ने पीडित नेपालीहरुलाई उच्च जोखिम लिएर पनि खान बस्नको समेत आफ्नो संस्थाले ब्यबस्था गरेको र आगामी दिनमा पनि गरिरहने प्रतिबद्दता जाहेर गर्दै दूतावास र साउदीअरबमा रहेका अन्य नेपाली संघ – संस्थाहरुसित नेपालीहरुको अवस्थाबारे जानकारी लिन र सहयोग गर्न आफु सधैं संपर्कमा नै रहेको कुरा ब्यक्त गर्दै कोरोनाबाट प्रभाबित, पीडित नेपालीहरुको उद्दार गर्न र सह्योग गर्न आर्थीक, नैतीक र भौतिक रुपमा आफु र आफ्नो संस्था सधैं तयारी अवस्थामा नै रहेको कुरा सभापति रेग्मिले बताउनुभयो ।
बैठकमा उठेका बिभिन्न बिषयहरु – आबश्यकता हेरेर कोरोना उद्दार कोष गठन, धेरै नेपालीहरु कोरोना लाग्दा पनि समय मै अस्पाताल पुर्याउन नसकेका कारण झन जटिल समस्यामा परीरहेका, धेरै नेपालीहरुको संख्या जोखिमपुर्ण कम्पनीमा काम गर्ने हुँदा कोरोनाको उच्च जोखिममा रहेका कारण कोरोनाबाट बच्नको लागि धेरै भन्दा धेरै जानकारी तथा आबश्यक कोरोनाबाट बच्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुपर्ने, कोरोनाबाट प्रभाबित, पीडित, संक्रमित भएर बिभिन्न समस्यामा परी नेपाल फर्कन चाहेका नेपालीहरुको डाटा संकलन गरी नेपाली राजदूतावास रियादलाई जानकारी गराउने , छिटो नेपाल फर्काउन दबाब दिन र सहज बनाउन राजदूतावास रियादसित फलोअप गरिरहनुका साथै नेपाली कांग्रेस पार्टीले ल्याएको “Rescue नेपाली” नामक मोबाइल एप्स मार्फत डाटा संकलन गर्ने, नेपाल सरकारले खाँडी मुलुकमा कोरोनाबाट प्रभाबित नेपालीहरुको उद्दार र राहतको लागि पठाएको रकमको सही र निष्पक्ष सदुपयोगको लागि दूतावाससँग निरन्तर फलोअप गरिने, दूतावासलाई यी सबै बिषय समेटेर संस्थागत आधिकारिक पत्राचार गरी ध्यानाकर्षण र दवाब दिने, पीडित नेपालीहरुको उद्दारमा नेपाली राजदूतावास तथा साउदीअरबमा रहेका नेपाली संघ-संस्था, समुदायहरुसंग के कसरी समन्वय र सहकार्य गर्दै जाने आदी बिषयहरुमा छलफल तथा निर्णय गरिएको कुरा समितिका महामन्त्री सुरेश राज त्रिपाठीले जानकारी गराउनुभयो ।
कोरोना पीडित नेपालीहरुलाई सहयोग गर्ने क्रममा नेपाली पीडित सुदर्शन तामाङलाई १ महिनालाई पुग्ने गरी खाध्यान्न उपलब्ध गराएको थियो भने त्यसै गरी अर्का पीडित सचिन थापालाइ जनसंपर्क समितिले खाध्यान्न तथा आवासको, ब्यबस्था गरेको कुरा त्रिपाठीले जानकारी दिए ।
जनसंपर्क समितिले बैठकमा कोरोना – कोभिड १९ को संक्रमणबाट हालसम्म विश्वमा ज्यान गुमाउनुहुने नेपाली नागरिक तथा अन्य बिदेशी नागरिकहरुप्रती हार्दिक श्रद्दान्जली अर्पण गर्दै विश्वमा हाल उपचारार्थ कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

