उमेश कुशवाहा, बीरगंज
जेठ १४
पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित अधिकार समाज ,पर्सा,नेपाल/ Peace4Dalits Foundation Nepalको विशेष पहल र नेपालकै कोरिया बस्ने सेतो शिखर डट कमको संचालक दिपक गौतम ज्युको आर्थिक सहयोगमा १० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।
कोरोना भाईरस संक्रमणबाट बच्नको लागि देशभरी लकडाउनको अवस्था रहेकोे छ। लामो लकडाउनको कारणले गर्दा मजदुर,श्रमिक,ईटाभाटामा काम गर्ने,ज्यालादारी तथा साहुको खेतमा काम गर्ने दलितहरु समस्यामा रहेका छ। धेरै जसो दलितहरुको घरमा चुल्हो नबलेको अवस्था रहेकोे छ।
धेरै घरपरिवार भोकभोकै रहेकोे समस्या रहेकोे छ। जस मध्ये पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित १० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ। राहत खाद्यान्नमा चामल, दाल, तेल, नुन, आलू , मसला , सालाइ, साबुन रहेकोे छ।
दलित अधिकार समाज पर्साका
अध्यक्ष मनोज रामले जनकारी गराउनु भयो।

