आज मात्र थप ७२ जना कोरोना संक्रमिति पुस्टि।

  • १२ जेष्ठ २०७७, सोमबार ११:५९ मा प्रकाशित
  • उमेश कुशवाहा, बीरगंज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिनु भएको जनकारी अनुसार आज नेपालमा थप ७२ जनामा कोरोना संक्रमिति पुस्टि भएको छ।

    सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा ३७, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा २१, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पाँच, भेरी अस्पताल नेपालगञ्जमा पाँच, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान र प्रदेश अस्पताल सुर्खेतमा दुई-दुई जना गरी थप ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

    सहप्रवक्ता अधिकारीका अनुसार संक्रमितहरु रौतहटका २६, बाराका २३, दैलेखका ७, बाँकेमा ४, काठमाडौं, धनुषा र कपिलवस्तुका तीन–तीन जना, सप्तरीका २ र बर्दियाका एक जना रहेका छन्। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको डा अधिकारीले जानकारी दिए।

    याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् ।

    Leave a Reply