नारायणी अस्पतालबाट २ महिने शिशु सहित १८ जना कोरोना संक्रमित डिस्चार्ज

  • १२ जेष्ठ २०७७, सोमबार ०७:१६ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज १२

    बीरगंजको नारायणी अस्पतालबाट २ महिने शिशु सहित १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन।

    आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

    कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया-३ का एकै परिवारका छन्। २ महिने महिने शिशुसहित उनीहरूलाई आइतबार राति ११ बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट मदन उपाध्यायले  जानकारी दिए।

    यो सँगै नेपालभरबाट निको हुनेको संख्या १०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मध्यरातिसम्म ६०३ जना संक्रमित मध्ये ४९५ जना अझै उपचाररत छन्।

    भने कोरोना कोभीड़ १९ संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    Leave a Reply