उमेश कुशवाहा बीरगंज
बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुरमा नेपाली र भारतीयबीच झडप भएको छ ।
भारत नेपाल सिमा नजिकै रहेको खेत हेर्न गएको बेलामा भरतीयले नेपाली ब्यक्तिलाई कुटपिट गरेपछि सिमामा केही बेर तनाव भएको छ ।
सीमा क्षेत्रमा स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत छ । पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न गएका थिए । खेतमै रहेको अवस्थामा भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले कुटपीट गरेको उनी बताउँछन् ।
त्यस खेतको बीच भागमा पुगेको थिएँ। एसएसबीले एक्कासि आएर घेर्यो र समातेर सीमामा हिँड् भन्दै थिए । दुईचार डण्डा पनि लगाइहाले,’
त्यस पछि भारतीय एसएसबीले पनि कुटपिट गर्न थालेपछि उनले भने आएर गाउले सीत गुहार माँगे पछि बलिरामपुरका स्थानीयबासीहरु ठुलो सँख्यामा सिमानाका नजिकै पुगेर प्रतिकार गरेको थिए ।
उताबाट भारत सहदेवाका स्थानीयहरु पनि ठुलो सँख्यामा लठि र फाठा लिएर आएपछि बिबाद भएको थियो।
दुवैतिरबाट सर्वसाधारण झडपमा उत्रिएका थिए।
बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् ।
झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ।
अन्यको अवस्था सामान्य रहेको बलीरामपुरका वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए ।
उतातिरको को को ब्यक्ति के कस्तो अवस्था छ भने एकिन गरिएको छैन।
सोक्रममा केही बेर दुबैतर्फबीच ढुँगा मुढा समेत भएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली तथा उताबाट भारतीय एसएसबीको टोली आएर बिबादलाई सामाधान गरेको थियो ।
सोमबार साँझ पनि बलिरामपुर टोलका युवाहरु र भारतीय एसएसबी बिच बिबाद भएको बुझिएको छ ।
सिमानाकामा अहिले सुरक्षाका लागि दुबैतर्फबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरिक्षक कृष्णा पँगेनीले जानकारी दिएका हुन।



