उमेश कुशवाहा,बीरगंज
पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित अधिकार समाज , पर्सा,नेपाल/ Peace4Dalits Foundation Nepal को विशेष पहल र पंकज चन्द तथा निशा कठायतको आर्थिक सहयोगमा १० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।
दुबै जना वैवाहिक जिवनमा बाँधिएकोले बैवाहिक जीवनलाई केहि दिनदुखिया ब्यक्तिलाई सहयोग गरेर आफ्नो जीवनको सुरुवात गरेका हुन।
कोरोना भाईरस संक्रमन बाट बच्नको लागि देशभरी लकडाउनको अवस्था रहेकोे छ। लकडाउनको कारणले गर्दा मजदुर, श्रमिक, ईटाभाटामा काम गर्ने, ज्यालादारी तथा साहुको खेतमा काम गर्ने दलितहरु समस्यामा रहेका छ।
धेरै जसो दलितहरुको घरमा चुल्हो नबलेको अवस्था रहेकोे छ। धेरै घरपरिवार भोकभोकै रहेकोे समस्या रहेकोे छ। धेरै जनालाई राहत सहयोग गर्न नसकिएको अवस्था रहेकोे छ।
जस मध्ये पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित १० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।
राहत खाद्यान्नमा चामल, दाल, तेल, नुन, आलू , मसला , सालाइ, साबुन रहेकोे छ।
धेरै धेरै धन्यवाद ‘पंकज चन्द र निशा कठायत’ जोडीलाई। उहाँहरुको नयाँ वैवाहिक जिवन सुरुवात भएकोमा हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको मंगलमय शुभ-कामना
समेत दिएका हुन।
दलित अधिकार समाजका अध्यक्ष मनोज रामले जनकारी गराउनु भयो।


