भारतले बाटाे खनेको थाहै पाइनँ पत्रपत्रिका पढेपछि पो बल्ल थाहा भो, म त छक्क परेँ: प्रधानमन्त्री

  • ३१ बैशाख २०७७, बुधबार ०८:१८ मा प्रकाशित
  • ‘ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताएका छन् ।

    ‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन,’ मंगलबारको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें ।’

    तर उता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने भारतले सन् २०१२ देखि नेपालको पश्चिमी भूमिमा सडक बनाइरहेको सूचना सरकारलाई रहेको भनेर संसदलाई जानकारी गराइसकेका थिए । खबर आजको कान्तिपुर दैनिकमा छापेको छ ।

    Leave a Reply