
दाङ, २४ वैशाख
दाङ जिल्लाको बबई गाउँपालिकाले लकडाउनलाई अझै कडा पार्दै बुधबार देखि लागु हुने गरि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । छिमेकी जिल्ला बाकेमा कोरोना संक्रमण तिब्र गतिमा फैलिए सँगै दाङमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।
कोरोना फैलने आशंकालाई मध्यनजर राख्दै बबई गापाले कर्फ्यु जारी गरेको हो । गापाले अर्को सूचना जारी नभए सम्मका लागि गापा क्षेत्रभित्र कुनैपनी सवारीसाधन चलाउन नपाइने जनाएको छ ।
साथै गापा क्षेत्रभित्र व्यापार, व्यवसाय, कलकारखाना, उद्योग संचालन गर्नका साथै सार्वजनिक स्थानमा हिडडुल गर्न रोक लगाईएको गा.पा.अध्यक्ष भुवनेश्वर पौडेलले बताउनु भयो । साथै उहाँले निषेधाज्ञाको पालना गरिदिनका लागि सम्पुर्ण गाउँपालिका वासीहरुमा अनुरोध समेत गर्नुभएको छ ।

