तुलसीपुर उपमहानगरद्वारा मजगैंमा हेल्थ डेस्क स्थापना

  • २४ बैशाख २०७७, बुधबार १७:४६ मा प्रकाशित
  • वसन्त अनुभव-
    दाङ, २४ वैशाख
    तुलसीपुर उपमहानगरपालिकाले घोराही र तुलसीपुरको सिमानामा पर्ने मजगैंमा हेल्थडेस्क स्थापना गरेको छ । छिमेकी जिल्ला बाँकेमा एक्कासि धेरै संख्यामा कोरोना संक्रमित बढेसंगै दाङमा पनि जोखिम बढ्न गएको छ ।

    तुलसीपुर मा कोभिड 19 को संक्रमणको जीखिम वढे सगै सजगता अपनाउनकालागि र अनावश्यक मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नाका लागि तुलसीपुरको विपद व्यवस्थापन समितिको निर्णयअनुसार तुलसीपुर प्रवेश गर्ने हरेक नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भए अनुसार जनस्वास्थ्य प्रवर्धन शाखाले तुलसीपुरको पुर्वी सिमानामा पर्ने मजगैमा आज देखि हेल्थ डेस्क शुरुवात गरिएको हो। उपमहानगरले यस अघि दमारगाउँ, वालापुर र भमकेमा हेल्थ डेस्क सन्चालनमा ल्याईसकेको छ ।

    उक्त हेल्थ डेष्क शुरुवात गर्ने कार्यमा तुलसीपुर वडा नं १८ का वडाध्यक्ष माधव वली, वडा नं १७ का वडा सदस्य लवरु चौधरी, स्थानिय वुद्धिजिवी वामदेव खनाल, नेपाल रेडक्रस सोसाईटीको टिम, मानपुर स्वास्थ्य चौकी, हेमन्तपुर नगर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो।

    अव घोराही भएर तुलसीपुर भित्रने सवै व्यक्तिहरु तथा यातायातका साधन र एम्वुलेन्स लगायत गाडीहरूको चेकजाच तथा ज्वरो मापन गरेर मात्र तुलसीपुर क्षेत्रमा प्रवेश गर्न दिईने तुलसीपुर उपमहानगरका फोकल पर्सन एवं जस्वानी विमल केसीले बताउनु भयो।

    साथै उहाँले शंकास्पद क्षेत्रवाट आएका र ज्वरोको शिकायत भएका व्यक्तिहरुलाई परिक्षण गर्नका लागि क्वारेन्टाइनमा राखिने पनि जानकारी दिनुभयो । हेल्थ डेस्कमा प्रहरी लगायत स्वास्थ्यकर्मीको २४ सै घण्टा डिउटी मिलाइएको पनि बताउनु भयो ।

    Leave a Reply