निसानकाे लक्ष्य ५ लाख इलेक्ट्रीक कार, लकडाउनपछि नेपालमा बिक्री सुरु हुने

  • २८ बैशाख २०७७, आईतवार १२:०३ मा प्रकाशित
  • काठमाडौं । निसानले इलेक्ट्रीक कारको बिक्री ५ लाख पुर्याउने लक्ष्य लिएको छ । विश्वबजारमा सन् २०१० बाट इलेक्ट्रीक कार बिक्री गर्दै आएको निसानले ५ लाख यूनिट बिक्रीको आँकडा यही वर्ष भेट्टाउने जनाएको हो ।
    कम्पनीले पाँच दिनअघि सार्वजनिक गरेको बिक्री तथ्यांक अनुसार ४ लाख ७० हजार यूनिट निसान लिफको बिक्री गरेको हो । र, यस वर्ष २०२० को अन्तिमसम्ममा ५ लाख यूनिट बिक्री गर्ने लक्ष्य लिएको छ ।
    नेपालमा पनि पायोनियर मोटोकर्पले निसान लिफलाई अप्रिलसम्ममा सार्वजनिक गर्ने बताएको थियो । तर, कोरोना भाइरसको कारण विश्वभर आतंक फैलिएको र नेपालमा लकडाउन जारी रहेकाले तत्काल सार्वजनिक हुन नसक्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।
    निसानले सन् २०१० देखि २०१४ सम्ममा १ लाख यूनिट इलेक्ट्रीक कार बिक्री गरेको थियो भने २०१५ मा एकलाख यूनिट थप बिक्री गर्न सफल भएको थियो । कम्पनीले २०१६ देखि १८ सम्ममा अर्को एकलाख यूनिट बिक्री गर्दै कुल बिक्री ३ लाख यूनिट पुर्याएको थियो ।
    त्यसैगरि कम्पनीले २०१९ मा १ लाख यूनिटभन्दा बढी बिक्री गरेको थियो भने २०२० को अहिलेसम्ममा कुल बिक्री ४ लाख ७० हजार यूनिट पुगेको जनाएको छ ।
    कम्पनीले बिक्री गर्दै आएको निसान लिफ अहिलेसम्मकै सर्वाधिक बिक्री भएको इलेक्ट्रीक कार मोडल समेत हो ।
    यस्तो छ निसान लिफ
    निसान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २१४ बीएच पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । लिफले एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।
    कारमा व्याट्री बचतको लागि बिभिन्न तीन मोडहरु उपलब्ध रहेको छ । इको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ ।
    यस कारमा ४० किलोवाटको लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । कारमा नै दिइएको ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ ।

    Leave a Reply