इजरायलका लागि चिनियाँ राजदूत अपार्टमेन्टमा मृत भेटिए

  • ४ जेष्ठ २०७७, आईतवार १४:४४ मा प्रकाशित
  • इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिएका छन्।

    बेलायती प्रसारण संस्था (बिबिसी) अनुसार राजदूत दु वेई  आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा मृत भेटिएका हुन्।

    ५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्था मृत भेटिएका हुन्।

    उनको मृत्युको कारणबारे खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    यसअघि युक्रेनका लागि राजदूत रहेका वेई गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए।  मध्य फेब्रुअरीमा कार्यभार सम्हाल्न इजरायल पुगेका उनी सुरूमा १४ दिन क्वारेन्टिनमा बसेका थिए।

    Leave a Reply