शुक्र मोक्तान
रियाद/साउदी अरब| साउदी अरबको रियाद स्थित नेपाली दुताबासले सुचना जारी गर्दै कोभिड-१९ को संक्रमण बाट संक्रमित नेपाली नागरिकको तथ्यांक सार्वजनिक गरेको छ । दुताबासले सुचनामा साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार ६ सय ७४ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएको उल्लेख गरिएको छ । प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरबकाे पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जिजान आदि) मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, अलकासिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएको छ । कुल संक्रमितमा ११ जना नेपाली महिला रहेको बताईएको छ ।
जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्यु भएका ३१ जना नेपाली नागरिकहरु मध्ये १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्युभएको छ भने तीनजना नेपालीको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको छ र मृत्युको कारण खुलाई दुताबासलाई पठाइदिन साउदी सरकारलाई दुताबास द्वारा अनुरोध गरिएको छ ।
संक्रमित भएका मध्ये कैंयौँ निको भई काममा फर्किसकेको छ भने १२ मेई २०२० सम्ममा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् ।पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा १,९११ जना थपिँदा २,५२० जना निको भएका छन् भने आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।


