प्रदेश नम्बर ५ का मुख्यमन्त्रि तथा नेकपा का प्रभाबसाली नेता शंकर पोखरेल ले फेसबुक स्टाटस लेख्दै सिमा विवाद सम्बन्धमा भिम रावलको रोल प्रति दुख ब्यक्त गर्नु भएको छ !
शंकर पोख्रेल लेख्नुहुन्छ,सिमा विवाद सुल्झाउन सरकारलाई भिम रावलजी जस्ता अनुभबी ब्यक्ति वाट सहयोग र सुझाब को खाचो छ न कि बिरोध, दुख को कुरा हो कि रास्ट्रियता जस्तो गम्भीर बिषयमापनि भिमजी जस्ता जिम्मेवार पंक्ति वाट आरोप प्रत्यारोप लाई नै बल दीईएको छ
विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हाल्नु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो भनि उहाले आफ्नो फेसबुक वाल मा लेख्नु भएको छ !
उहाको फेसबुक स्टाटस



