भारतको रक्सौलमा महीनौं देखि लकडाउनमा अलपत्र परेकाहरु बीरगंज नाकाबाट नेपाल ल्याइएको….

  • १५ जेष्ठ २०७७, बिहीबार १४:२४ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज

    भारतको रक्सौलमा महीनौं देखि लकडाउनमा अलपत्र परेकाहरु आज बीरगंज नाकाबाट ल्याइएको छ ।

    लकडाउनका कारणले भारतको रक्सौल नाकामा अलपत्र परेका ५ सय ५५ नेपालीलाइ भारतबाट नेपाल ल्याईएको छ । लकडाउनका कारण लामो समय देखि अलपत्र परेका नेपालीहरुलाइ उद्धार गरि बिरगंजको मुख्य नाका भएर उनीहरुलाइ नेपाल ल्याइएको हो ।

    नेपाल ल्याइएका ५ सय ५५ जना मध्ये नेपालका २९ जिल्लाका नागरिकहरु रहेका छन । उनीहरु मध्ये नेपालको पर्सा सहित बारा रौतहट मकवानपुर , चितवन , अछाम , धनगढी ,रुकुम , दाङ , सुर्खेत , नुवाकोट , जाजरकोट लगायतका जिल्लाका रहेका छन ।

    रक्सौलको प्रशासनसँगको समन्वयमा लामो समयदेखि अलपत्र रहेका नेपालीहरुलाई नेपाल ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

    भारतको बिभिन्न स्थानमा काम बिशेष तथा रोजगारीको शिलशिलामा गएका नेपालीहरु लकडाउन भएका कारण घर फर्कन नपाई रक्सौल नाकामै अलपत्र परेका थिए ।

    पर्साका नागरिकलाइ सम्बन्धित स्थानीय पालिकाहरुको क्वारेन्टीनमा १४ दिन बस्ने गरि राखिएको तथा अन्य जिल्लाको नागरिकको हकमा उनीहरुको जिल्लास्थित स्थानीय प्रशासन सित समन्वय गरेर पठाईने छ ।

    यस्तै नेपालबाट पनि बुधबार ७ सय
    ३८ जना भारतीय नागरिकहरुलाई भारत पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । आफनो घर जान नपाई नेपालमा रहदै आएका उनीहरुलाई बुधबार स्वदेश पठाइएको छ ।

    पर्साका प्रहरी प्रमुख एस.पी. गंगा पन्त तथा सशस्त्रका प्रहरी प्रमुख एस. पी. दिपेन्द्र कुवँरको बिशेष निर्देशनमा साहिब दरबार सेवा संस्थान,चैरिटेबल ट्रस्ट र समपर्ण सेवा संस्था का युवा योद्धा मित्रहरूले सेनिटाइज बुथ जडान गरि नेपाल भित्रीने हरूलाइ सेनिटाइज गरिएको थियो।

    Leave a Reply