
वसन्त अनुभव
काठमाडौ, ३० बैशाख
नेपालमा आज एकै दिनमा अहिलेसम्म सम्मकै सबैभन्दा धेरै ८३ जना ब्यक्तिहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विहान मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएकोमा फेरि साँझ २६ जनामा कोरोना संक्रमण भएको पुष्टि हुन पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट जारी प्रेस बिज्ञप्ति अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुष तथा महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
साथै काठमाडौंकी ३३ वर्षीया महिला, सर्लाहीका ४५ वर्षीय पुरुष तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
थप २६ जना नव संक्रमित मध्ये पर्साका १८ जना, धनुषाका २ जना, महोत्तरीका २ जना काठमाडौका १ जना, सर्लाहीका १ जना र भक्तपुरका २ जना रहेका छन । सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।


