नारायणीलाई जनरल अस्पताल र गण्डक अस्पताललाई कोभिड अस्पताल संचालन गर्ने मन्त्रिपरिषदको निर्णय !

  • २३ बैशाख २०७७, मंगलवार २२:१७ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    सरकारको स्वास्थ्य मंत्रालयले गण्डक हॉस्पिटल लाई कोभिड हॉस्पिटल बनाऊं अनुमती प्रदान दिएको छ।

    नारायणी अस्पताललाइ जेनरल अस्पताल बनाउन नेकपाका नेता पुर्ब मन्त्री नागेन्द्र चौधरी संविधान सभा सदस्य बिचारी यादव महानगर अध्यक्ष रहबर अन्सारी पिछडावर्गका केन्द्रिय नेता मनेजर साहको सयुक्त टोलि काठमाडौ डेलिकेसन लियर पुगि स्वास्थ मन्त्री भानुभक्त ढकाल सङ्ग पहल गरि पुन नारायणी अस्पताललाई जेनरल अस्पताल बनाउन र गण्डक अस्पताल लाई नारायणीको बोड राखेर कोरोना अस्पताल संचालन गर्न निर्णय गराइको नेकपा युवा नेता अकलेश साहले जानकारी गराउनु भएको छ।

    बीरगंज महानगरपालिकाले गण्डक अस्पतालसंग कोभिड अस्थायी अस्पताल संचालन गर्ने गरि गरेको सम्झौताका आधारमा नारायणी अस्पतालको ब्यानर तथा नेतृत्वमा कोरोना अस्थायी अस्पताल संचालन हुने गरि निर्णय गर्ने स्वास्थ्यमंत्री भानुभक्त ढाकालले बताउनु भएका हुन।

    बीरगंज महानगरपालिकाको कोभिड अस्पताल समबन्धी प्रास्तवलाई मंत्रीस्तरीय निर्णयसंघीय सरकारको स्वास्थ्य मंत्रालयले गण्डक हॉस्पिटल लाई बनाऊं अनुमती प्रदान दिएका हुन।

    बैशाख ६ गते बीरगंज महानगरपालिका र गण्डक अस्पतालका वीचमा सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल संचालनमा ल्याउन सम्झौता भएको थियो ।

    अस्पताल संचालन गर्नको लागि आवश्यक सामग्री श्रोत संघ सरकारले उपलब्ध गराउने छ।

    नारायणी हॉस्पिटललाई पहिला जस्तो नै संचलन गर्न बिभिन्न राजनीतिक दलले प्रदर्शन तथा आ-आफ्नो मन्तव्य समेत राखेका थिए।

    स्वस्थ मंत्रलायलाई ज्ञापन समेत पनि बुझिएको थियो।

    तर आम जनताले आफ्नो घरको आगड़ी कालो झण्डा बँधेर प्रदर्शन समेत गरेका थिए।
    र घरको आँगनमा बसेर पनि प्रदर्शन गरेको थियो।

    कोभिड अस्पताल नारयाणी अस्पतालको नाममा संचालन हुनेछ । त्यसको नेतृत्व नारायणीका मेडिकल सुपरिटेण्डेण्टले गर्नेछन ।

    Leave a Reply