
वसन्त अनुभव
काठमाडौं, ५ जेठ
भर्खरै प्राप्त विवरण अनुसार नेपालमा थप १८ जना ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो पुष्टि सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ जना हुन पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार धनुषाका २ जना पुरुष, खोटाङ हलेसीका १ जना पुरुष, बाँके नरैनापुरका १२ जना पुरुषहरु, दैलेख आठविसका १ जना पुरुष, सुनसरीका १ जना पुरुष र झापाका १ जना पुरुष गरि कुल १८ जनामा कोभिड १९ देखिएको हो ।
आजै सोमबारमात्र ८० जना नयाँ संक्रमितहरु थपिएका छन । यो हालसम्मकै उच्च संख्या हो । आजै यसअघि विहान ९ जना र दिउसो ५३ जना थप भएको पुष्टि भएको थियो ।


