शुक्र मोक्तान

रियाद | साउदी अरबको पूर्वी शहर दम्माम स्थित रहेको “हुसैन अल बिसी” कम्पनीमा कार्यरत ३९ वर्षिय एक नेपाली नागरिकको २८ मेई २०२० का दिन मृत्यु भएको छ । सिराह जिल्लाका उनी विगत १५ वर्ष देखी उक्त कम्पनीमा कार्यरत रहेको संगै कार्यरत एक नेपालीले जानकारी दिएको छ।
एक साता देखी हल्का ज्वरो देखिए पनि उनले कोरोना टेस्ट गराएका थिएनन् तर २६ मेई २०२० का दिन एक्कासी उच्च ज्वरो संगै स्वासप्रश्वसमा कठिनाई भए पश्चात उनलाई अस्पताल लगिएको थियो भने अस्पतालले तुरून्तै आईसियू(सघन कक्ष) मा भर्ना गरी उपचार सुरू गरिएको थियो। उपचारकै क्रममा २८ मेईमा उनको मृत्यु भएको हो।
अहिले सम्ममा उनी संगै साउदी अरबमा कोरोना संक्रमण बाट मृत्यु हुने नेपाली श्रमिकको संख्या आठ पुगेको छ। जस मध्ये सातको पुस्टी नेपाली नियोग राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धाले गरिसकेको छ।
वर्तमान समयमा साउदी अरबमा कोरोना संक्रमितको संख्या घट्दै गएको र संक्रमित मध्ये ६४.९६ प्रतिशत उपचार पश्चात निको भएको यहाँको आधिकारीक निकाय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरेको छ ।


