
वसन्त अनुभव
तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगर क्षेत्रका स्वास्थ्यसंस्था, हेल्थ डेस्क, क्वारेन्टाइनका स्थलमा प्रयोग गर्नका लागि भनी कोरोना रोकथाम सामग्री हस्तान्तरण गरेको छ ।
आज हस्तान्तरित सामग्रीमा स्थानिय रुपमा उत्पादित सेनिटाईजर १ हजार २ सय पचास लिटर , स्वास्थ्यकर्मीहरुका लागि एन ९५ मास्क, डिसइन्फेक्ट्यान्ट सोलुसन २०० लिटरबतथा स्प्रे ट्यांकी ५० थान र स्प्रे गन ९५ थान आदि रहेका छन ।
तुलसीपुरमा आज आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विरु रावतले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे एवं सम्वन्धित वडाका वडाध्यक्षहरुको रोहवरमा स्वास्थ्यसंस्थाहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

उक्त सामग्री तुलसीपुर उद्योग वाणिज्य संघ र तयार नेपालको सहकार्य तथा USAID को आर्थिक सहयोगमा स्थानीय रुपमा उत्पादित सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन । सेनिटाइजर उद्योग वाणिज्य संघले स्थानिय संघसंस्था रोटरी , उद्यमी महिला समुह ,जेसिसका युवाहरुलाई २ दिन सम्म स्वास्थ्य कार्यालय तथा जनस्वास्थ्य प्रवर्धन शाखाका प्राविधिकहरुको सहयोगमा तालिम दियर उत्पादन गरीएको थियो ।
उक्त सामग्रीहरु वढ्दो कोभिड -१९ को महामारी नियन्त्रणमा राख्न केही हदसम्म भएपनि सहज हुनेछ भन्ने कुरामा विश्वास लिएको आयोजक टिमका टिम लिडर विनिल केसीले जानकारी दिए।
उक्त सामग्रीहरु प्राप्त गरेपछि तुलसीपुरका स्वास्थ्य संस्थाहरुमा सेनिटाईजरको समस्या हल भयको जनस्वास्थ्य प्रर्दशन महाशाखा तुलसीपुर दाङ कोभिड फोकल विमल केसीले जानकारी दिनुभएको छ।


