घोराही स्थित कल्पु धर्मशाला र शुभप्रभात माविलाई क्वारेन्टाइन स्थल बनाइने

  • ४ जेष्ठ २०७७, आईतवार १९:३४ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ, घोराही, ४ जेठ
    घोराही उपमहानगरपालिका वडा नं. १४ ले घोराही बजारमा अवस्थित शुभप्रभात माबि र कल्पु धर्मशालालाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

    सरकारले भारत तथा विदेशबाट स्वेदेश फर्कन चाहने नेपाली नागरिकलाई फर्कन दिने निर्णय गरे सँगै भारत तथा विदेशबाट घर फर्कने आफ्ना नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न वडा नं. १४ ले उक्त स्थानमा क्वारेन्टाइन स्थल बनाउने निर्णय गरेको जनाएको छ।

    साथै वडाले भारत तथा विदेशबाट आफ्ना टोलहरुमा आएका टोलवासी मानिसहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइन स्थलसम्म पठाउन टोल विकास संस्थाका अध्यक्षहरुलाई आग्रह समेत गरेको छ ।

    Leave a Reply