गुमेका ती भुमि जति, सबै फिर्ता पाउनु पर्‍यो

  • ६ जेष्ठ २०७७, मंगलवार १३:४५ मा प्रकाशित
  • वसन्त अनुभव, गजलकार

    गजल

    नक्सा मात्र कोर्ने हैन, जोतभोगमै आउनु पर्‍यो ।
    गुमेका ती भुमि जति, सबै फिर्ता पाउनु पर्‍यो ।

    देशभक्त राष्ट्रभक्त, जागौ सबै चनाखो भइ,
    सधैं सीमा किच्लो भन्दा, काँडे तार लाउनु पर्‍यो ।

    सार्बभौम सत्ता सम्पन्न, पन्चशिल मान्ने राष्ट्र,
    हरबक्त नेपालले, दक्षिण किन धाउनु पर्‍यो ?

    नामले मात्र हैन वीर, गोर्खालीका सन्तान हामी,
    परि आए भारी पर्छौ, भनी देखाउनु पर्‍यो ।

    खुलेर नै बोल्न सकौ, बिग ब्रदर्स प्रवृतिमा,
    मन वचन कर्ममा नै, देशभक्ती छाउनु पर्‍यो ।
    २०७७/०२/०६
    दाङ

    Leave a Reply