कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या ९०, नेपालभर संक्रमितको संख्या ७७२ पुग्यो

  • १३ जेष्ठ २०७७, मंगलवार २०:३८ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, १३ जेठ
    नेपालमा आज थप ९० जना कोरोना संक्रमित थपिएका छन । आज थपिएका कोरोना संक्रमितसँगै संक्रमण हुनेको संख्या ७७२ पुगेको ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    प्रवक्ता देवकोटाका अनुसार थप संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा महोत्तरी जिल्लाका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारा जिल्ला निवासी २ जना, बारा जिल्ला पचौटा नगरपालिका- १ मा रहेको पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहट जिल्लाका २२ जना, सिरहा जिल्लाका ५ जना, धनुषा जिल्लाका १ जना गरी आज ३५ जना संक्रमित रहेका छन ।

    त्यस्तै भेरी प्रादेशिक अस्पताल, नेपालगन्ज बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ जना, रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना कोरोना पोजेटिभ देखिएका छन। निजहरुमध्ये कपिलवस्तु जिल्लाका २ जना, अर्घाखाँची जिल्लाका २ जना, गुल्मी जिल्लाका २ जना, रुपन्देही जिल्लाका १ जना रहेका छन्। त्यस्तै सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २ जना ब्यक्ति कोरोना पोजेटिभ देखिएका छन । उनीहरु कैलाली जिल्लाका १ जना र अछाम जिल्लाका १ जना रहेका छन्।

    कास्की जिल्लाको पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा स्याड्जाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका १२ जना कोरोना पोजिटिभ देखिएका हुन । त्यसैगरी बाँके जिल्लाका ७ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलस्तुका २४ जना कोरोना संक्रमित देखिएका हुन ।

    नेपालका ७ प्रदेशका विभिन्न ४६ जिल्लाहरु कोरोना प्रभावित हुन पुगेका छन । जसमा प्रदेश नं १ का ७ जिल्ला, प्रदेश नं २ का ८ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला, गण्डकी प्रदेशका ४ जिल्ला, प्रदेश नं. ५ का ८ जिल्ला, कर्णाली प्रदेशका ३ जिल्ला र सुदुरपश्चिम प्रदेशका ५ जिल्ला रहेका छन ।

    नेपाल अधिराज्यभर क्वारेन्टाइन बेड संख्या १ लाख २ हजार ७ सय ५८ रहेको छ भने क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्या ५५ हजार २ सय ८२ रहेको छ ।

    त्यस्तै आइसोलेसन बेडको संख्या ३ हजार ४ सय २३ रहेको छ भने आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ सय १३ जना रहेको छ । हाल आइसोलेसनमा रहनेमा प्रदेश नं १ मा ६० जना, प्रदेश नं २ मा १९१ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २९४ जना, कर्णाली प्रदेशमा २५ जना, र सुदुरपश्चिम प्रदेशका १२ जना रहेका छन ।

    नेपालमा उपचाररत कोरोना संक्रमितहरु मध्ये आज ४३ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेहरू नारायणी अस्पतालमा उपचाररत २ महिला र ४१ पुरुष रहेका छन्। आज डिस्चार्ज भएकाहरु सँगै घर फर्कनेको संख्या १५५ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा प्रदेश नं १ मा २६ जना, प्रदेश नं २ मा ७६ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ३५ जना र सुदुरपश्चिम प्रदेशका ५ जना रहेका छन ।

    त्यस्तै कोरोनाका कारण नेपालमा हालसम्म ४ जना व्यक्तिले ज्यान गुमाईसकेका छन । हालसम्म मृत्यु हुनेमा प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा १ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    हाल सम्म आरटी पिसिआर प्रविधिबाट ५४ हजार ६ सय ९७ वटा नमुना स्याम्पलको परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार ५५ वटा नमुना परिक्षण गरिएको छ । त्यस्तै हालसम्म आरडिटी प्रविधिबाट ९७ हजार ९ सय ६७ वटा नमुना परिक्षण गरिएको छ ।

    Leave a Reply