
कपिलवस्तु / जिल्लाको मायादेबी गाउँपालिकाको अध्यक्ष बजरंगी प्रसाद कुर्मीले भारतीय सिमा नाकाको अनुगमन गरेको छन् । गाउँपालिकाको सँग जोडिएको नाका गौरा , चाकरचौडा र नरकुल लगायत सिमाको अनुगमन गरेको हुन ।
सिमामा रहेको सयौँ सुरक्षाकर्मीहरुलाई यो विश्वव्यापी महामारीको समयमा सुरक्षा कडाईका साथ अघि बढ्नुपर्ने निर्देशन समेत दिएको छन् । सुरक्षालाई सहज र सभ्य बनाउन आफूले हरेक समय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अहिले सिमामा खटिरहेको सुरक्षामा अहोरात्र खटिरहने सुरक्षाकर्मीहरुको लागी मास्क , सेनीटाईजर र ग्लोब्स आफूले उपलब्ध गराउने भन्नुभयो ।

विश्वनै कोरोनाको महामारी सँग लडिरहेको बेलामा सुरक्षाकर्मीले आफ्नो घर परिवारलाई समेत छोडी सिमा क्षेत्रमा पाल टागेर बसेको सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन स्वरूप भत्ता दिनुपर्नेमा जोड दिनु भयो ।

