उज्यालो विहानी फाउन्डेसनले बेसमेन्ट क्याफेको सहकार्यमा नि:शुल्क खानाको व्यवस्था, उपमहानगरले ७३ यात्रुहरूलाई बस मार्फत रोल्पा पठायो

  • ७ बैशाख २०७७, आईतवार १३:४३ मा प्रकाशित
  • -वसन्त अनुभव-
    घोराही, ७ बैशाख २०७७
    घोराही उपमहानगरपालिकाले पैदल हिडेर दाङ जिल्लाको घोराही आइ अलपत्र परेका ७३ जना यात्रुहरुलाई यातायातको व्यवस्था गरि गन्तव्यमा पठाएको छ ।

    उक्त यात्रुहरू पुर्वका विभिन्न जिल्लाहरुबाट घर जान भनी पैदल हिडेर घोराही आइपुगेका थिए । ती यात्रुहरू मध्ये ३३ जना माडी गाउँपालिकाको र ४० जना रुन्टिगढी गाउँपालिकाका भएको बुझिएको छ । आज विहान उपमहानगरले बसको ब्यबस्था गरि यात्रुहरूको गन्तव्य स्थल रोल्पा पठाएको हो ।

    सेवार खोला टोल विकास संस्थाद्वारा पैदल यात्रुलाई खाजा वितरण

    विभिन्न स्थानबाट पैदल हुँदै घोराही आइपुगेका यात्रुहरूलाई घोराही उपमहानगरपालिका वडा नं. १३ मा रहेको सेवार खोला टोलविकास संस्थाले खाजाको व्यवस्था गरेको छ । उक्त अवसरमा घोराही उपमहानगरपालिका १४ का अध्यक्ष शक्तिराम डागी, प्रहरी, पत्रकार, समाजसेवीहरुको उपस्थिति रहेको थियो । संस्थाले यात्रुहरुलाई चाउचाउ, भुजा तथा पिउने पानीको व्यवस्था गरेको थियो ।

    उज्यालो विहानी फाउन्डेसनले बेसमेन्ट क्याफेको सहकार्यमा निशुल्क खानाको व्यवस्था

    घोराहीमा उज्यालो विहानी फाउन्डेसनले बेसमेन्ट क्याफेको सहकार्यमा नि:शुल्क खानाको व्यवस्था गरेको छ । फाउन्डेसनले लकडाउनका कारण खान पिउन समस्या परिरहेका विद्यार्थी, सडक मानव, बटुवा, यात्रीहरु लगायतका ब्यक्तिहरुलाई मध्यनजर राखी नि:शुल्क खानाको व्यवस्था गरिएको फाउन्डेसनका अध्यक्ष डा.गिर रोदन एम.सी.ले जानकारी दिनुभयो ।

    साथै उहाँले बाटोमा हिड्ने क्रममा भोकै रहनु पर्ने बाध्यता नहोस, एकछाक मात्र भएपनि खुवाउन सकियोस भनी खानाको ब्यवस्था गरिएको बताउनु भयो । एकपटकमा १५० जना लाई खानाको व्यवस्था गरिएको र थप ब्यक्तिहरु भएमा तुरुन्तै व्यवस्था गर्न सकिने पनि उहाँले जानकारी गराउनुभयो ।

    Leave a Reply