फार्मेसी जनशक्तिलाई कोरोनाको जोखिमबाट बचाउन निर्देशिका

  • ७ बैशाख २०७७, आईतवार १५:२१ मा प्रकाशित
  • काठमाडौं – नेपालका फार्मासिस्टले कोभिड १९ फर्मासिस्ट तथा फार्मेसी सहायकका लागि निर्देशिका बनाएको छ।

    फार्मेसी जनशक्तिलाई हुने कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै विभिन्न फार्मासिस्ट संघ/संगठनले निर्देशिका बनाएको हो।

    नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी परिषद, नेपाल फार्मेसी संघ, हस्पिटल फर्मासिस्ट एसोसिएन नेपाल र काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागको संयुक्त पहलमा निर्देशिका निर्माण गरिएको हो।

    सेवा प्रवाह गर्दा फार्मेसी जनशक्तिलाई कोरोनाको संक्रमणको संभावना उच्च हुने भन्दै जोखिम न्यूनीकरणका लागि निर्देशिका निर्माण गरिएको काठमाडौं विश्वविद्यालयका फार्मेसी विभागका उप प्राध्याक अनुप लुईटेलले बताए।

    उक्त निर्देशिकामा फार्मेसी जनशक्तिले अपनाउनुपर्ने सतर्कता, सुरक्षाका विषय, कोरोनाबाट कसरी बच्ने, लक्षण लगायतका विषय उल्लेख गरिएको छ।

    लुईटेलले भने, ‘यो निर्देशिका हामीले फार्मेसी जनशक्ति कोरोनाको यो महामारीमा आफु कसरी सतर्क रहँदै सेवा दिन सक्छन् भन्ने विषयलाई समेटिएर निर्माण गरेका हौं।’

    उनीहरुरुले उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत पेश गरिसकेको छ। यस निर्देशिकाले सम्पूर्ण फार्मेसी जनशक्ति मार्फत कोरोनाको रोकथाम तथा उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरुको अपेक्षा छ। स्वास्थ्यखबर बाट

    Leave a Reply