नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रको ग्राहक सीत विनम्र अनुरोध ।!

  • १२ बैशाख २०७७, शुक्रबार २१:३२ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज

    चैत बैशाखको यो समयमा हावाहुरी, पानी र चट्याङ परिरहेको छ । यसले हाम्रो विद्युत वितरण प्रणालीमा चुनौती थपेको छ । ट्रान्समिटर लाइन र ट्रान्सफर्मरलगायतमा हावाहुरी र चट्याङले क्षति पुर्याइरहेको छ । त्यसले गर्दा केही दिनदेखि केही ठाउँमा बिजुली अनियमित भइरहेको छ । बिजुली नहुँदा नागरिक कति समस्यामा पर्छन् भन्ने कुरा विद्युत प्राधिकरणले राम्रोसँग बुझेको छ । तर हामीले हरसम्भव प्रयास गर्दा पनि चट्याङको कारण र हावाहुरीको कारण बिजुली अनियमित हुने क्रमलाई पुरै रोक्न सकेका छैनौँ । मुख्य समस्या अहिले प्रसारण लाइनमा देखिएको छ । प्रसारण लाइनमा समस्या हुँदा पुरै ‘सिस्टम’ नै ‘कोल्याप्स’ हुनेसम्मका घटना भएका छन् ।

    धेरै नागरिक परिवारसँगै बसिरहनुभएको छ । कोरोनाको डरले घरबाहिर निस्किनुभएको छैन । तर हाम्रा कर्मचारी चौबिसै घण्टा नागरिकको सेवामा छन् । ठूला ठूला प्रसारण लाइनमा समस्या आउँदा पनि १ घण्टाभित्रै बिजुली फेरि सञ्चालनमा ल्याउनु चानचुने कुरा होइन । रातको १२ बजे पनि हाम्रा साथीहरु फिल्डमा जान्छन् । सीमित स्रोत र साधन भएको हाम्रो देशमा ‘सिस्टम’ नै ‘कोल्याप्स’ हुँदा पनि १ घन्टाभित्रै देशैभरि बिजुली पुर्याउन सकेका छौँ । कमसेकम हाम्रा ती कर्मचारीको दुःख हेरिदिनुहोस् । तपाईंलाई जतिसक्दो छिटो बिजुली दिन रातदिन घामपानी नभनी खटिरहनुभएको छ । उहाँहरुलाई आमउपभोक्ता र ग्राहकले हौसला दिनुपर्छ ।
    पोखरिया बितरण केन्द्र

    Leave a Reply