वड़ा अध्यक्षका श्रीमान नै राहतको १०ली.खानेतेल गायब गरे पछि चर्को बिरोध, राहत बितरण स्थगित !

  • १२ बैशाख २०७७, शुक्रबार २१:०८ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवामा रहेका अति गरिब,अतिविपन्न,अशक्त परिवारलाई राहत वितरण कार्यमा वड़ा अध्यक्षका पति खाने तेल १० लीटर गायब गरेर अनियमित्ता गरेको भन्दै स्थानियको चर्को विरोध पछि राहत बितरण स्थगित भएको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ ।

    विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचनका लागि वडा कार्यलय अति गरिब,अतिविपन्न,अशक्त परिवारलाई रहत बितरण कार्यक्रम राखेको थियो !

    सर्वदलीय समितिले बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवामा रहेका १ सय ३५ जना अति विपन्न र मजदुरहरूलाई राहत बितरणको सूची तयार परेको थियो ।

    राहत वितरण गर्न बनाइएका पोकाहरू कुनै साना र कुनै ठूला रहेपछि स्थानीयले चर्को विरोध गरे पछि राहत बितरण स्थगित भएको थियो।

    राहतको लागि बनाईएको प्याकेटमा कुनैमा तेल थिएन, त कुनैमा दाल तथा अन्य सामग्रीहरु पनि नरहेको स्थानियहरुले हेरेपछि बिरोध भएको स्थानिय जयप्रकाश चौरसियाले बताए।

    गाउँपालिकाबाट वडा नं ३ झौवाका वड़ाअध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अंसारीले १० लिटर तेल चोरेर घर लगे पछि राहत साम्रगीमा कमी भएको स्थानिय चौरसियाले बताए ।

    यसरी गरिब, बिपन्नहरुको लागि ल्याईएको सामग्री चोरी गरेका व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीयहरूले माग गरेका छन् ।

    राहत बितरण गर्नको लागि बोलएर भीड़ र समय खेर बनाएको भन्दै वड़ाबासीले चर्को आलोचना समेत गरेका हुन।

    प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा उनको मोबाईल स्विच अफ रहेको थियो ।

    Leave a Reply