६ साताको शिशुलाई पबि देखियो कोरोना संक्रमण

  • २१ चैत्र २०७६, शुक्रबार १५:०५ मा प्रकाशित
  • हङकङ । हङकङमा अहिलेमसम्म कै कम उमेरको ६ साताको शिशुलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण देखिएको छ । 

    हङकङमा बुधबार थपिएका ५१ कोरोना संक्रमितमध्ये ६ साताका एक शिशुसमेत रहेको बताइएको छ । स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखा प्रमुख डा. चुङ सुक-क्‍वानले मार्च ३० मा शिशुलाई नुहाउने क्रममा उनलाई कोरोना संक्रमण भएको हुनसक्‍ने बताएकी छन् ।  

    “कुनै लक्षण नदेखिएको कोरोना संक्रमित समात्दा अथवा नुहाउँदा शिशुलाई कोरोना संक्रमण भएको हुनसक्छ,” उनले भनिन्, “उनीसँग सम्पर्कमा रहेका अन्यलाई पनि खोजी गरिरहेका छौं ।” 

    अहिले शिशुको क्‍विन एलिजावेथ अस्पतालमा उपचार भइरहेको अस्पतालका गुणस्तर र मापदण्ड विभागका प्रमुख डा. लउ का-हिनले बताए । शिशुका आमाबाबुलाई भने कोरोना नेगेटिभ देखिएको छ । –साउथ चाइना मर्निङ पोस्ट 

    Leave a Reply