
समर्पण रम्जान,
10 अप्रिल 2020, साउदी अरब । 37 बर्षिय एक अफगानी कोरोना भाइरस संक्रमित गर्भवती महिलाले साउदी अरबको मदिना मुनावराह शहरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी छिन ।
मदीना मुनाव्वराहको उहुद अस्पतालमा क्वारेन्टाइनमा रहेकी महिलाले बच्चा जन्माएपछी साउदी अरेबियामा कोरोनाभाइरस संक्रमित पहिलो सुत्केरी महिलाको रूपमा दर्ता गरीएको छ ।
यस क्षेत्रका स्वास्थ्य मामिलाका आधिकारिक प्रवक्ता मुय्याद अबु नाकले भने कि अस्पतालले भाइरस संक्रमित गर्भवती महिला सुत्केरी भएदेखी, जहाँ उनले बच्चा जन्माएकी छन् दुबैको स्वास्थ्य अबस्था राम्रो रहेको बताए ।
साथै आवश्यक सम्पुर्ण स्वास्थ्य उपचार उनलाई चिकित्सा टोली द्वारा अत्यन्तै अनुगमनको साथ प्रदान गरिरहेको छ।
एजेन्सी साउदी एक्सपर्टिजबाट

