साउदी अरामको कम्पनीले शनिबारदेखि लागु हुनेगरी साउदीमा इन्धनको मूल्य घटाउने घोषणा

  • २९ चैत्र २०७६, शनिबार १०:४४ मा प्रकाशित
  • समर्पण रम्जान

    अप्रिल १०, २०२० ।

    रियाद – साउदी अरामको कम्पनीले शनिबार (अप्रिल ११) देखि साउदीमा इन्धनको मूल्य घटाउने घोषणा गरेको छ । साउदी प्रेस एजेन्सी (एसपीए) ले जनाएको छ।

    अहिलेसम्म पुरानो पेट्रोलको मुल्य पेट्रोल ९१ को साउदी रियल १.५५ प्रति लीटर तिर्नु पर्थ्यो भने आज शनिबारदेखि साउदी रियल १.३१ प्रति लिटरको मूल्य हुनेछ । साथै पेट्रोल ९५ को पछिल्लो मुल्य को साउदी रियल २.०५ बाट १.४७ प्रति लीटरको मूल्य हुने भएको छ ।


    यसरी घटाएको नयाँ मूल्य शनिबार देखि लागू हुनेछ। साउदी अरामकोका अनुसार यो अनुमोदित उर्जा र पानीका सामानहरूको मूल्य निर्धारणको प्रशासनिक प्रक्रियाको अनुरूप हो।

    साउदीमा ईन्धन को मूल्यहरु को विश्व बजार मा निर्यात मूल्य संग जोडिएको छ। त्यसकारण अन्तर्राष्ट्रिय बजारमा भएको परिवर्तनका अनुसार मूल्यमा उतार चढाव भइरहने कम्पनीले जानकारी दियो।


    श्रोत :- साउदी गजेट रिपोर्ट ।

    Leave a Reply