साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपाली श्रमिक बीच कोरोनाको सन्त्रास ।

  • ४ बैशाख २०७७, बिहीबार ०७:५८ मा प्रकाशित
  • बितेका केहि बर्ष देखि नेपाली हरुको मुख्य श्रम बजारको हिसाबले अग्र पंक्तिमा रहदै आएको छ साउदी आरब ! यहाँ करिब चार लाख नेपाली हरु रोजगारीको सिलसिलामा बसोवास गर्दै आई रहेका छन् ! भनिन्छ नेपाली हरुको हकमा न्युनतम ज्यालादारीमा चर्को श्रम सोषण हुने देशमा गनिन्छ साउदीअरब ! तर बास्तबिकता त्यति मात्र छैन ! यहाँ इन्जिनियर, डाक्टर, इन्फोर्मेशन टेक्नोलोजी अफिसरका साथै प्रतिष्ठित कम्पनि हरुमा उपल्लो दर्जामा मैनेजर, सुपरभाइजर लगायत नर्सिङ्ग क्षेत्रमा पनि नेपाली चेली हरु प्रसस्तै भेट्न सकिन्छ ! त्यति मात्र कहाँ हो र यहाँ कतिपय नेपाली हरु दसकौ देखि ब्यबसायीक क्षेत्रमा सफल ब्यबसायीको रुपमा नेपालीलाई चिनाउदै आइरहेका पनि छन् !
    तर बितेका केहि दिन देखि साउदी अरब पनि कोरोना आतंक वाट पूर्ण रुपमा बच्न सकेको भने छैन ! संक्रमितहरुको संख्या दिनानुदिन बढ्दो छ भने यहाँको सरकारले धेरै जसो प्रान्त हरुमा २४ घन्टे कर्फ्यु आदेश जारी गरेको छ ! र यसको असर यहाँको अर्थतन्त्रमा पर्ने देखिन्छ ! जसले गर्दा आउदा दिनहरुमा धेरै नेपालीहरुले आफ्नो रोजगारीबाट हात धुन पर्ने हुन सक्छ र यसबारे हामीले बेलैमा सोच्नु पर्छ भान्नुहुन्छ एन आर एन ए मध्यपुर्ब संयोजक राजेन्द्र अर्याल ! साउदी एन आर एन ले पनि कोरोना संक्रमित नेपालीको लागी न्युनतम पाँच लाख बराबरको कोष निष्कासन गरी उद्धार गरिने निर्णय गरेको साउदी अरब एन. आर. एन. ए. का अधक्ष्य तेज थापा ले जानकारी गराउनु भयो !
    आज भर्खरै साउदी अधिकारीहरुले जारी गरेको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५८६२ पुगेको छ । आज मात्रै थप ४९३ जनामा संक्रमण भएको नया केस दर्ता गरियको छ भने कूल संक्रमितहरु मध्ये हालसम्म ९३१ जना निको भएका पनि छन् । आज ६ जना सहित जम्मा ७९ जना संक्रमितको मृत्यु भएको जानकारी मा आएको छ ! नेपाली दुताबासले दिएको जानकारी अनुसार अहिले सम्म ४ जना नेपालीमा कोरोन भेटिएकोमा ३ जना निको भई काममा फर्की सकेका छन् भने एक जनाको अहिले अस्पतालमा उपचार भई रहेको दुतावास श्रोतले जानकारी दिएको छ ! श्रोतका अनुसार दुतावासले यो महामारीलाई नजिक बाट नियालिरहेको र सम्पूर्ण साउदी अरबमा रहेका नेपाली हरुलाई पुर्ब सावधानी अपनाउन आह्वान गरिएको छ ! कतिपय नेपालीहरु छुट्टीमा नेपाल गई उतै अट्कीएका छन् भने कतिपय आबेदन दिई पर्खाइमा बसेको अवस्था रहेको छ !

    Leave a Reply