उमेश कुशवाहा बीरगंज
पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ बिश्रामपुरमा आज राती २ पक्ष बिच झडप हुदा ७ जना घाइते भएका छन् भने २ जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ।
जिल्ला प्रहरी कार्यालय बीरगंज पर्सा ,इलका प्रहरी कार्यालय पोखरिया,प्रहरी चौकी महुवन,बिंदवासनी, बहुअर्वा भाठा र शस्त्र प्रहरीको टोली आए पछि झड़प आफ्नो नियन्त्रण लिई गाउलाई घेराबन्दी बनाएको थियो।
झडपमा परी फरिया देवी, मजबुन
खातुन, समिना खातुन, चन्दन गुप्ता, सुनिल गुप्ता, शुसिला देवी पटेल र बदिया राज भट्ट घाइते भएकाे प्रहरीले जनाएकाे छ।
झगडिया राजु गुप्ता र नसुरलाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
घाइतेहरुकाे उपचार वीरगंज स्थित नेशनल मेडिकल कलेज र गण्डक हस्पिटलमा भइरहेको छ।
स्थानियहरुका अनुसार बिश्रामपुर स्थित महजिदमा साेबरातकाे नेमाज पढन आएका अपरिचित व्यक्तिहरुलाई राेकन खाेज्दा विवाद भई दुई पक्ष बिच झडप भएकाे हाे । भने केहि स्थानीय अनुसार क्रिकेट मैचको बिषय लिएर झड़प भएको हो ।
तर बिस्तृत जनकारी आएको छैन।




