
जिन्दगीमा कतिपय कुराहरू मनै देखि गर्ने ईच्छा हुदाहुदै पनि गर्न नसकिदो रहेछ । आफुबाट संभव हुने कुराहरू विविध कारणवश गर्न नसक्दा साह्रै पिडाबोध हुदो रहेछ ।
हालाकी सधै आयुर्वेदको उपहास उडाउने, फुटेको आखाले समेत हेर्न समेत नचाहनेहरुको मुखबाट कोरोनाबाट बच्न आयुर्वेदिक जडिबुटी प्रयोग गर्ने कुरा सुन्दा र सामाजिक संजालमा पढ्न पाउँदा अनौठो लागे पनि खुशी लागेर आउँछ ।
एलोप्याथिक जनशक्ति झै कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा जिम्मेवार भुमिका नपाए पनि आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आआफ्नो कार्यालयमा बसेर आआफ्नो भुमिका निभाईरहेका छन । स्वयं ब्यक्तिगत तवरले आफ्नो सुरक्षा अपनाउदै विरामीको उपचार गर्दै आईरहेका छन ।
कुरो केही दिन मात्र पहिलाको हो । म कुनै आयुर्वेद संस्थाको आपतकालीन कक्षमा कार्यरत थिए । म ड्युटीमा रहेको समयमा एक जना महिला घाँटी दुखेको समस्या लिएर आउनु भयो । पानी पिउदा घाटिमा केही बिझे झै पीडा भएको उहाँको गुनासो थियो ।
कोभिड १९ को महामारीका कारण सारा विश्व नै पीडित र त्रसित भएको छ यतिबेला । नेपालमा पनि लकडाउन जारी रहेको छ । कोरोना संक्रमणको डर र आशंकाको बादल मडारिइ रहेको विद्यमान अवस्थामा घाँटी दुखेको समस्या लिई आउनु भएकी उक्त महिलाको स्वास्थ्य जाँच गर्न मलाई समस्या पर्यो । ठुलाठुला नेता, उच्चपदस्थ ब्यक्तिहरुले भाषणमा मात्र विकास गर्न रुचाउने तर ब्यवहारमा सधैं उपेक्षा गर्ने निरीह आयुर्वेद क्षेत्रको कर्मचारी मैले विना मास्क, पन्जा, पिपिई सेट यस्तो महामारीको सन्त्रासको बेला उक्त बिरामी जाँच गर्ने दुस्साहस कसरी गर्न सक्थे । कुनै स्वास्थ्य समस्या नदेखिएको, लक्षण तथा चिन्ह देखा नपरेको ब्यक्तिलाई समेत कोरोना पोजिटिभ भएको पुष्टि भएको कुरा थाहा पाउँदा पाउदै म कसरी आगोमा हामफाल्ने गल्ती गर्न सक्थे ।
हो हजुर म स्वार्थी भए किनकि मलाई मेरो ज्यानको माया लाग्यो । कर्तव्य र उत्तरदायित्वको नाममा मैले आत्महत्याको प्रयास कसरी गर्न सक्छु । हो मलाई दु:ख लाग्यो, अत्यन्त पिडाबोध भयो तर मलाई मेरो ज्यानको माया लाग्यो, परिवारको माया लाग्यो । तपाईं नै भन्नोस यसमा मेरो के गल्ती छ? गल्ती छ भने म कार्वाही भोग्न तयार छु ।
मैले उहाँलाई विना पिपिई यस्तो समयमा नजिक गइ स्वास्थ्य जाँच गर्न नसक्ने तर लाक्षणिक आधारमा औषधि तथा सल्लाह दिन सक्ने बताए । तर उहाँले घाटीभित्र जाँच गरि हेरेर मात्र उपचार लिने ढिपी गर्नुभयो । यस्तो समयमा उपचार गर्दा स्वास्थ्यकर्मी र विरामी दुवैका लागि राम्रो नहुने । विरामीबाट स्वास्थ्यकर्मीमा र स्वास्थ्यकर्मीबाट विरामीमा पनि कोरोना सर्न सक्ने भनेर संझाउदै उहाँको उपचार गर्न नसकेकोमा अत्यन्त पिडाबोध महसुस गर्दै उहाँलाई संभावित पिपिई उपलब्ध हुनसक्ने ठाउँमा जान सल्लाह दिए ।
माथिको दृष्टान्त पश्चात् तपाईहरुलाई लाग्नसक्छ कस्तो स्वार्थी स्वास्थ्यकर्मी रहेछ, आफ्नो उत्तरदायित्व पूरा गर्न सकेन । हो हजुर म स्वार्थी भए किनकि मलाई मेरो ज्यानको माया लाग्यो । कर्तव्य र उत्तरदायित्वको नाममा मैले आत्महत्याको प्रयास कसरी गर्न सक्छु । हो मलाई दु:ख लाग्यो, अत्यन्त पिडाबोध भयो तर मलाई मेरो ज्यानको माया लाग्यो, परिवारको माया लाग्यो । तपाईं नै भन्नोस यसमा मेरो के गल्ती छ? गल्ती छ भने म कार्वाही भोग्न तयार छु ।
सारा मुलुकमै कोरोनाको यस्तो त्राहिमानको अवस्था हुदा पनि सरकारले उक्त रोगको बारेमा हुने गरेका ओरिन्टेसन, गोष्ठी आदिमा आयुर्वेद स्वास्थ्यकर्मीलाई एकपटक समावेश गर्न उचित ठानेन । सुरक्षा सामग्रीका नाममा पिपिई त परै जावस मास्क र ग्लोब्स समेत उपलब्ध गराउन आवश्यक संझेन । एन ९५ मास्क किन्न समेत नपाएर कपडाको असुरक्षित मास्क स्वयं किनेर लगाई सेवा प्रदान गरिरहनु पर्ने अबस्थामा आयुर्वेद स्वास्थ्यकर्मी गुज्रिरहेका छन । आयुर्वेद स्वास्थ्यकर्मी भन्दा उच्चपदस्थ कर्मचारी जो बिरामी उपचारमा संलग्न हुदैनन र जनप्रतिनिधिहरुलाई सायद N95 मास्क र PPE set आवश्यक थियो होला । त्यो कुरो आयुर्वेदले कसरी बुझोस ।
हालाकी सधै आयुर्वेदको उपहास उडाउने, फुटेको आखाले समेत हेर्न समेत नचाहनेहरुको मुखबाट कोरोनाबाट बच्न आयुर्वेदिक जडिबुटी प्रयोग गर्ने कुरा सुन्दा, सामाजिक संजालमा पढ्न पाउँदा अनौठो लागे पनि खुशी लागेर आउँछ ।
आयुर्वेद स्वास्थ्यकर्मीहरुको सुरक्षा लागि कसैले सुरक्षा सामग्री उपलब्ध गराउनु त परै जावस पहल समेत गरेन । सरकारीस्तर बाट त भएन भएन सहयोगी संघ संस्थाहरु जो यस विषम परिस्थितिमा मास्क, पिपिई लगायत सामग्री सहयोग गरेको भनेर भाइरल भइरहेका संघसस्थाहरुले आयुर्वेदलाई किन चाहियो भनेर उपहास गरेको सुन्दा दु:ख लाग्छ । जबसम्म सरकारको आयुर्वेद र एलोप्याथीलाई हेर्ने चश्मा एउटै हुन सक्दैन तबसम्म अरुबाट के आशा राख्नु ।

