
काठमाडौँ। अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको र सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा २३ सय २३ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या ५२ हजार नाघेको छ। अमेरिकाको ५० वटै राज्यमा मृत्यु हुनेको सङ्ख्या ५२ हजार ९२ पुगेको हो।
पछिल्लो २४ घण्टामा अमेरिकामा ४४ हजार १८२ सङ्क्रमित पुष्टि भएको छ। यो सँगै अमेरिकामा सङ्क्रमितको सङ्ख्या ९ लाख २३ हजार ६१२ पुगेको छ। अहिले सम्म ९३ हजार ४०४ जनाको सफल उपचार भएको छ। साथै १४ हजार ९५४ जनाको अवस्था गम्भीर रहेको छ।
न्युयोर्कमा मात्र मृत्यु हुनेको सङ्ख्या २१ हजार २८३ जना पुगेको छ भने सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ७११ जना रहेको छ।
अन्य सम्बन्धित समाचार: भागेर चीन पुगेका उत्तर कोरियाली नागरिकमा कोरोना सङ्क्रमण भएको पुष्टि
न्युजर्सीमा ५ हजार ६१७ जनाको मृत्यु भएको छ भने एक लाख २ हजार १९६ जना सङ्क्रमित भएका छन्।
मिचिगनमा ३ हजार ८५ जनाको ज्यान गएको छ। म्यासाचुसेट्समा २ हजार ५५६, इलिनोइमा एक हजार ७९५, कनेक्टीकटमा एक हजार ७६४, पेन्सलभेनियामा एक हजार ७३६, लुजीयानामा एक हजार ६०१, क्यालिफोर्नियामा एक हजार ५९४, फ्लोरिडामा एक हजार ४६, जर्जियामा ८९९, मेरिल्याण्डमा ७९८, इन्डियानामा ७४१, वाशिङ्टनमा ७११, ओहायोमा ६९०, कोलोराडोमा ६७४, टेक्सासमा ६०१, भर्जिनियामा ४१०, नर्थ क्यारोलिनामा २९२, मिजोरीमा २६७, एरिजोनामा २६६, विस्कन्सिनमा २६२, मिनसोटामा २२१, मिसिसिपीमा २०९, रोड़े आइल्याण्डमा २०२, अलाबामामा २०१, केन्टकीमा २००, नेभाडामा १९७, ओक्लोहामामा १८८, टेनेसीमा १६८, साउथ कारोलिनामा १५७, डिस्ट्रिक्ट अफ कोलम्बियामा १५३ र केन्सासमा ११३, आयोवामा १०७ र डेलावारमा १०० जनाको मृत्यु भएको छ।
NepaliPatrika

