नेपाली दुताबास रियाद र साउदीमा रहेका विभिन्न संघ संस्था बिच कोरोना र उत्पन्न समस्या न्युनिकरणका विषयमा विशेष छलफल

  • १५ बैशाख २०७७, सोमबार २३:३१ मा प्रकाशित
  • रियाद साउदी अरब/CoViD-19 कोरोनाको महामारी विश्वभरी व्याप्त रहेको अवस्थामा साउदी अरब अछुत्तो नरहेको र संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेको छ।वैदेशिक रोजगारका लागी नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यको रूपमा रहेको साउदी अरबमा अहिले ३ लाख ५ हजार भन्दा बढी नेपाली श्रमिकहरू कार्यरत छन्।उक्त सन्दर्भमा कोरोना संक्रमण बाट प्रभावित नेपाली नागरिकले मुख्यतः मानविय आधारभूत आवश्यकता सम्बन्धि समस्याहरू झेल्दै आएका छन्। उक्त समस्यामा परेका नेपाली श्रमिकको सहयोगार्थ के कस्तो सहयोग र रणनिती बनाउन सकिन्छ भनि नेपाली दुताबास रियादले २६ अप्रिल २०२० का दिन भिडियो कन्फरेन्स मार्फत साउदी अरबमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरू संग सुझावहरू संकलन् गर्दै छलफल गरेका छन्।

    उक्त छलफलमा एनआरएनए साउदी अरब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले वर्तमान स्थितिमा देखिएको समस्याहरू राख्दै दुताबासको अग्रसरतामा एक द्वार प्रणाली बनाई वास्तविक पिडितको पहिचान गरी राहत वितरण गरिनु पर्ने सुझाब दिएका छन् भने त्यसका लागी व्यक्तिगत र संस्थागत रूपमा मानविय सहयोग गर्न तयार रहेको बताएका छन्।यसै क्रममा साउदी अरबको पूर्वी क्षेत्रका लागी दुताबासका स्थानिय कर्मचारी हरी घिमीरेले लकडाउन र दुरीको हिसाबले सबै पिडितलाई राहत वितरण गर्न निक्कै खर्चिलो हुने भएकाले स्थानिय तहमा संयन्त्र बनाई सहयोग गर्न सुझाएका छन् ।


    छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाली दुताबास रियादका लागी श्रम सहचारीले नेपाली संक्रमितहरूको तथ्यांक सार्वजनिक गर्न निरन्तर साउदी सरकारलाई अनुरोध गरिरहेको र जिम्मेवार निकाय बाट प्राप्त जानकारी दुताबासले सार्वजनिक गर्दै आएको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए। यसै शिलशिलामा नेपाली दुताबास रियादका नियोग उपप्रमुख दिलिप पौडेलले मिडीया कर्मीहरूलाई कोरोना सम्बन्धि उचित र यथार्थ सुचनाहरू मात्र संप्रेषण गर्न आग्रह गरेका छन्। पछिल्लो एक महिना देखी दैनिक रूपमा दुताबास संग भएको जानकारीहरू सामाजिक संजाल मार्फत नेपाली समुदायलाई जानकारी गराउँदै आएको र यसैलाई निरन्तरता दिने पनि बताएका छन्। उनले CoViD-19 सम्बन्धि वास्तविकता नबुझी नेपाली श्रमिकहरू त्रसित रहेकाले वास्तविक सुचना प्रवाह गर्न सबैलाई आग्रह गरेका छन् भने यस महामारीको अवधिभरी कोरोना सम्बन्धि समस्याको लागी डा. अनुरूद्र पाठकको ह्वाट्स एप नंबर ०५४६३५६०२३ र रोजगारी सम्बन्धि समस्याको लागी दुताबासको हटलाईन नंबर ०५५९३८९६०० मा वास्तविक पिडितहरूले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् । उनले यस विषम अवस्थामा पिडितहरूको सहयोगार्थ हात बढाएकोमा क्रियाशील सबै संघ संस्थालाई धन्यवाद दिँदै अगामी दिनमा भईपरी आएमा दुताबासले सहयोगका लागी आह्वान गर्ने बताएका छन् भने वास्तविक पिडितको लागी कर्फ्यूको समयमा दुताबास प्रहरीको गाडी/एम्बुलेंस कै सहयोग लिएर भए पनि मानविय राहत पुर्याउन तयार रहेको बताए।

    आफ्नो भनाई राख्ने क्रममा राजदुत डा.प्रा. महेन्द्र सिंह राजपूतले साउदी अरबमा रहेको नेपाली नागरिक प्रति नेपाल सरकार र नेपाली राजदुताबास रियाद सचेत र संवेदनशील रहेको बताउँदै संक्रमित नेपाली नागरिकले उचित स्वास्थ्य सेवा लिईरहेको बताए। विश्व नै कोरोना बाट ग्रसित भएको अवस्थामा एकले अर्कोलाई मदत गर्नु पर्ने र सबै एक भएर कोरोना संग लड्नु पर्ने बताउँदै नेपालीको एकता प्रति आफू विश्वस्त रहेको बताए ।उनले यस महामारीको अवस्थामा म्यानपावर व्यवसायीहरूलाई आफूले साउदी पठाएको श्रमिकहरूको उद्धार गर्न विशेष आग्रह गरेका छन् भने वर्तमान विषम परिस्थिति बारे कुटनितिक तवरमा आ-आफ्नो क्षेत्रबाट नेपाल सरकार र नेपाली राजदुबासले सम्बन्धित निकाय संग कुरा गरिरहेको जानकारी पनि गराएका छन्।राजदुत राजपूतले नेपाल सरकार र साउदी सरकारले जारी गरेको नितीनियमको पूर्ण रूपले पालना गर्न सबैलाई आग्रह गरेको छ।

    नेपाली राजदुतावासले आज उक्त छलफल पश्चात पूर्व तयारी अनुरूप कोरोना संक्रमण बाट प्रभावित नेपाली श्रमिकहरू संग समन्वय गर्नका लागी निम्न सम्पर्क फोन नम्वरहरु सार्वजनिक गरेको छ ।(आइतवार देखि शुक्रवारसम्म)

    क.  फोन नम्वर ०५०००३१७०५ समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म
    ख.  फोन नम्वर ०५०००३४७८६, समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म

    Leave a Reply