रोडमा बास भइ उद्धारका लागि गुहार मागिरहेका एक नेपाली लाई एनआरएनए आरसिसि साउदी अरबले गर्यो खानेबस्ने सुबिधा सहित काम गर्ने ब्यबस्था।

  • १३ बैशाख २०७७, शनिबार १३:२६ मा प्रकाशित
  • समर्पण रम्जान

    २५ अप्रिल २०२०! अल कासिम साउदी अरब।

    साउदीअरब बाट बिगत केहिदिन देखि समाजिक संजाल र मिडिया मार्फत उद्धारकालागि विभिन्न संघ संस्था र समाजिक संजालद्वारा उद्धारकालागि गुहार मागिरहेका एक नेपालीलाई एनआरएनए आरसिसि अल कासिम साउदी अरबद्वारा उद्धार गरेको छ ।

    नेपाल दोलखा जिल्ला घर भएर करिब ४ बर्षदेखि बुरैदा स्थित हदफ अल कासिम फ्याक्ट्रीमा कार्यरत गोबिन्द नेपाली चोरिएको केसमा ४ महिना जेल परेका थिए ।
    चोरिएको आरोपमा जेल परेका नेपालीले तोकिएको जरिमाना तिरेर जेल मुक्त भइ नेपाल फर्कने मनसाय बोकेर कम्पनी फर्के । तर केस अझै बाकी रहेकोले गत मार्च महिनामा दूतावास रियादको अनुरोधमा एनआरएनए साउदीका उपाध्यक्ष बिशाल श्रेष्ठले अल कासिम स्थित विभिन्न निकाय (पुलिस चौकी, अदालत, इमारा) हरुमा गएर केसको सत्य तथ्य बुझेर केस लाई फाइनल गराउन प्रक्रिया अगाडी बढाउन सहयोग गर्नुभएको थियो ।
    केस फाइनल भएसँगै घर जान कम्पनीमा गरिएको अनुरोधमा पीडितको भनाइ अनुसार केही दिन अगाडि कम्पनीका म्यानेजर ले कुटपिट गरि कम्पनीमा काम गर्न नदि बस्न समेत नदिदाँ केहिदिन देखि बाहिरको बास बस्न बाध्य भएका थिए ।
    उहाँको केसको लागि एनआरएनए उपाध्यक्ष बिशाल श्रेष्ठ तथा आरसिसि अल कासिमले दूतावास रियादमा समन्वय गरिएता पनि अहिले बिश्वमा रहेको लक्डाउनका कारण तत्काल नेपाल पठाउन असमर्थ र दूतावास रियादमा बस्नको लागि सेल्टर नहुदाँ एनआरएनए अल कासिमको समन्वयमा बस्नका लागि अन्य केही ठाउँ पाएपनी उहाँलाई एक कृषि फार्मका रमन थापा सित समन्वय गरि खान बस्न र काम समेत गर्न पाउने हुँदा उक्त कृषि फार्ममा ब्यबस्था गरिएको हो ।

    उक्त कम्पनीमा यो केश मात्रै पहिलो नभएको यहाँभन्दा पहिले पनि घर जान नदिने र जनै दिएपनी १० हजार साउदी रियल धरौटी राख्नु या दुई जना जवानी बस्नु पर्ने, लाइसेन्स बिना गाडी चलाउन लगाउने केही गाडी समस्या हुँदा कामदारको तलब बाट काटिने जस्ता समस्या समाधानका लागि एनआरएनए अल कासिम टिम र दूतावास रियादका टिम सोही कम्पनीमा गएर कुरा गर्दा पनि अझैसम्म सोही समस्याहरु दोहोरीरहेका छन् ।

    त्यसैले यस कम्पनीमा आइन्दा कामदारहरु आउनको लागि अनुमति नदिन पनि एनआरएनए आरसिसि टिमले दूतावास रियादलाइ ध्यानाकर्षण गराएको छ ।

    भिडियो 👇️👇️👇️👇️👇️

    https://www.youtube.com/watch?v=PrRuXnpXDBg&feature=share
    भिडियो हेर्नु होला

    Leave a Reply