भारतमा २६ नर्स र ३ डाक्टरमा कोरोना देखिएपछि अस्पताललाई नै क्‍वारेन्टाइन बनाइयो

  • २४ चैत्र २०७६, सोमबार १५:३३ मा प्रकाशित
  • एजेन्सी : भारतको मुम्बईमा कार्यरत २९ जना स्वास्थ्यकर्मीमा कारोना संक्रमण भएको पाइएको छ। बिएमसी (ब्रिहान मुम्बई म्युनिसिपल कर्पोरेसन) ले सोमबार २६ नर्स तथा ३ डाक्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएको भन्दै मुम्बईमा रहेको वर्कहार्ड अस्पताल परिसरलाई क्‍वारेन्टाइन क्षेत्र घोषित गरेको छ।

    मुम्बईको केन्द्रमा रहेको यस अस्पतालमा कोरोना संक्रमितका नयाँ बिरामी भर्नामा रोक लगाइएको छ। साथै उक्त अस्पतालमा कार्यरत दुई सय ७० जना कर्मचारीको जाँच गरिएको छ।

    अस्पतालका आयुक्त सुरेश काकानीले भने, ‘यो दुर्भाग्यपूर्ण छ, कसरी यति धेरैमा संक्रमण फैलियो, हामी आफैं अचम्ममा परेका छौं।’ अस्पतालमा रहेका सबैलाई सतर्क रहन उनले आग्रह गरेका छन्।
    Thaha khabar

    Leave a Reply