बहराइनमा थप २७ नेपालीमा कोरोना सङ्क्रमण भेटिएको दूतावासद्धारा पुष्टि

  • ५ बैशाख २०७७, शुक्रबार २१:०६ मा प्रकाशित
  • १७ अप्रिल २०२० ! खाडी मुलुक बहराइनमा पछिल्लो कोरोना परिक्षणका क्रममा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

    बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक बिज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । यस्तै दूतावासले विज्ञप्तीमा नेपाली समूदायलाई बहराइन सरकारले निर्देश गरे बमोजिम सुरक्षित र सचेत भएर बस्न आग्रह गर्दै कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न भनेको छ ।

    योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ ।

    रोजगारमन्च.कम बाट

    Leave a Reply