पर्साको बहुदरमाईमा दुई पक्ष बीच झड़प ७ घाइते २ पक्राउ,प्रहरी द्वारा गाउ घेराबन्दी !

  • ७ बैशाख २०७७, आईतवार ०७:४८ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ बिश्रामपुरमा आज राती २ पक्ष बिच झडप हुदा ७ जना घाइते भएका छन् भने २ जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ।

    जिल्ला प्रहरी कार्यालय बीरगंज पर्सा ,इलका प्रहरी कार्यालय पोखरिया,प्रहरी चौकी महुवन,बिंदवासनी, बहुअर्वा भाठा र शस्त्र प्रहरीको टोली आए पछि झड़प आफ्नो नियन्त्रण लिई गाउलाई घेराबन्दी बनाएको थियो।

    झडपमा परी फरिया देवी, मजबुन
    खातुन, समिना खातुन, चन्दन गुप्ता, सुनिल गुप्ता, शुसिला देवी पटेल र बदिया राज भट्ट घाइते भएकाे प्रहरीले जनाएकाे छ।

    झगडिया राजु गुप्ता र नसुरलाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

    घाइतेहरुकाे उपचार वीरगंज स्थित नेशनल मेडिकल कलेज र गण्डक हस्पिटलमा भइरहेको छ।

    स्थानियहरुका अनुसार बिश्रामपुर स्थित महजिदमा साेबरातकाे नेमाज पढन आएका अपरिचित व्यक्तिहरुलाई राेकन खाेज्दा विवाद भई दुई पक्ष बिच झडप भएकाे हाे । भने केहि स्थानीय अनुसार क्रिकेट मैचको बिषय लिएर झड़प भएको हो ।
    तर बिस्तृत जनकारी आएको छैन।

    Leave a Reply