तनहुँका सासद किसान श्रेष्ठले व्यक्तिगत खर्चमा भेन्टिलेसन सहितको अस्पताल बनाउने

  • २१ चैत्र २०७६, शुक्रबार १४:५४ मा प्रकाशित
  • दमौली, २१ चैत

    तनहुँ जिल्ला भर एउटा पनि भेन्टिलेटर सहितको आईसियु उपचार कक्ष नभएको हुँदा ४० देखि ५० लाख सम्म लाग्ने आफ्नो व्यक्तिगत खर्चमा स्थापना गर्ने घोषणा गर्नु भएको छ।

    यसैविच सांसद श्रेष्ठले सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा पाँच शैयाको सघन उपचार कक्ष (आईसियु) स्थापना गर्ने घोषणा गर्नु भएको छ । विहिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद श्रेष्ठले तनहुँ जिल्ला भर एउटा पनि भेन्टिलेटर सहितको आईसियु उपचार कक्ष नभएको हुँदा आफ्नो व्यक्तिगत खर्चमा स्थापना गर्ने घोषणा गर्नु भएको हो ।

    त्यसकोलागि दमौली अस्पतालले कोठा उपलब्ध गराउनु पर्ने भन्दै उहाँले अस्पतालले जति सक्दो छिटो कोठा उपलब्ध गराउँछ, त्यती नै छिटो आईसियु कक्ष स्थापना गर्ने बताउनु भयो । पाँच शैयाको आईसियुकोलागि आवश्यक पर्ने ४० देखी ५० लाख रुपीयाँ लाग्ने हुँदा त्यसकोलागि विभिन्न संघ संस्थासँग कुरा भईरहेको र अन्यबाट सहयोग प्राप्त नभए आफ्नै व्यक्तिगत खर्चमा सो कक्ष स्थापना गरेरै छाड्ने बताउनु भयो ।

    आईसियु नहुँदा तनहुँमै सबै प्रकारको उपचार सम्भव नभएको र त्यसकोलागि महंगो खर्च तिरेर पोखरा, भरतरपुर र राजधानी काठमाडौं लैजानु पर्ने बाध्यता रहेको र अहिले कोरोना संक्रमणबाट जोगाउन अत्याधुनिक आईसोलेशन समेत स्थापना गर्न नसकिएको हुँदा आफुले जतिसक्दो चाँडो आईसियु कक्ष स्थापना गर्न पहल गरेको सांसद श्रेष्ठले बताउनु भयो ।

    इच्छाकामना.कम बाट ।

    Leave a Reply