गाउँपालिकाको स्वास्थ्य शाखालाई युवा नेता चौधरीले दिए स्वास्थ्य सामग्री ॥

  • २० चैत्र २०७६, बिहीबार ११:४५ मा प्रकाशित
  • कपिलवस्तु – विश्वभरी कोरोना भाइरसको महामारी फैली रहेको बेला समाजसेबी एवं युवा नेता कमलेश चौधरीले शुध्दोधन गाउँपालिका कपिलवस्तुका स्वास्थ्य संयोजक असफाक खान मुसलमानलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन् । शुध्दोधन गाउँपालिका अध्यक्ष पदको उमेदवार समेत रहेको समाजसेबी चौधरीले गाउँपालिका भित्र रहेको क्वारेन्टाइनमा बसेको बिरामी , डिउटी गर्दे आएको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई समेत मास्क , साबुन , ग्लोब र सेनिटाइजर दिएको हुन । चौधरीले गाउँपालिकाको स्वास्थ्य सँयोजक असफाक खान मुसलमानलाई सो समान हस्तान्तरण गरेको हुन । शुध्दोधन गाउँपालिका भित्र अहिले सम्मा स्वास्थ्य शाखाले मास्क बितरण गर्न नसकेको हुनले चौधरीले पालिका भित्र रहेको ८५ प्रतिशत घरधुरीमा पुगी बितरण गर्दे आएको छन् । उनले ‘ पालिकामा रहेको शंकास्पद बिरामीलाई हेरचाह गर्न स्वास्थ्यकर्मी सुरक्षित हुनुपर्छ , स्वास्थ्यकर्मीले बिरामीको सहज किसिमले उपचार गर्ने वातावरण बनाउन लागी परेको छन् । विश्वभरी महामारीको रुपमा कोभिड -१९ फैलिरहेको र यो संकटको घडिमा सबै मिलेर सफलता हासिल गर्नुपर्ने बताए । सरकारले पालना गरेको लकडाउनलाई सबैले पालना गर्दै नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा बताए ।

    Leave a Reply