समाजसेबी चौधरीको सराहनिय कार्य , गाउँपालिकाको प्रत्येक घरधुरीमा निःशुल्क मास्क सहित साबुन बितरण ॥

  • १९ चैत्र २०७६, बुधबार २२:०० मा प्रकाशित
  • कपिलवस्तु – विश्वमा फैली रहेको महामारी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागी युवा नेता एवं समाजसेबी कमलेश चौधरीले शुध्दोधन गाउँपालिकालाई सचेतना सहित प्रत्येक घरमा पुगी निःशुल्क मास्क , ग्लोब , र साबुन बितरण गरेको छन् । गाउँपालिका भित्र ८५ प्रतिशत घर धुरीमा संक्रमणका बारेमा र यसबाट जोगीने उपायका बारेमा जानाकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनसमेत आग्रह गरेको छन् । सडकमा ५ बजे पछि मानिसहरुको चहलपहल देखीन थालेपछि चौधरीले चोक चौराहामा सामाजिक दुरी कायम गरी यस्तो अभियान चलाएको चौधरीले बताए । गाउँपालिका भित्र रहेको विपन्न र दैनिक ज्यालादारी गरी खानेहरुको लागी आवश्यक परेको खण्डमा खाद्यान्या उपलब्ध गराउने गरी उनीहरुको लगत संकलन गरी वैदेशिक रोजगार बाट गाउँमा कोही आए नआएको समेत जानाकारी लिएर जोखिम न्यूनीकरणका लागी स्थानिय निकायसँग माग गरेको छन् । आफ्नो छर छिमेकका बारेमा स्थानिय वासीहरुलाई सबैभन्दा बढी जानाकारी हुने हुँदा तल्लो तहबाट यसको रोकथामको प्रयास गर्नु पर्ने हुँद प्रत्येक ब्यक्तीको लगत संकलन र आफ्नो टोल समुदायमा अपरिचित ब्यक्ती आए नआएको बारेमा जानाकारी लिनुपर्ने उनको भनाइ छ । सरकारले लकडाउन गरेपनि साझा पख चोक चौराहामा मानिसहरु जम्मा हुने गरेको केही ब्यक्ती अझैँ सम्मा जागरुक नभएको देखिएकोले वडा र गाउँपालिकाले त्यस तर्फ ध्यान दिनु जरुरी रहेको बताए ।

    Leave a Reply